

हुम्ला। विगत लामाे समयदेखि पत्रकारिता क्षेत्रमा याेगदान पुराएकाे भन्दै नेपाल पत्रकार महासंघ हुमलाका अध्यक्ष राजन रावत पुरस्कृत भएका छन भने प्रेस चाैतारी नपाल हुम्ला शाखाकाे काेषाध्यक्ष पदमा रहेर संगठनकाे हकहितका लागि लागि परेकाे भन्दै सञ्चारकर्मी बेलुमाया महतारा सम्मानित भएकी छन् ।
प्रेेसचाैताारी नेपालकाे केन्द्रीय सर्कुलर अनुसार देशै भर जिल्ला अधिवेशन गर्ने प्रव्धान अनुसार प्रेेस चाैतारी नेपाल हुम्ला शाखाले पनि माघ २४ गते अधिवेशन सम्पन्न गरेकाे हाे ।
उक्त अधिवेशनका क्रममा सञ्चारकर्मी रावतलाई पुरस्कृत र महतारालाई सम्मानित गरिएकाे थियाे ।
५ हजार रुपियाँ नगद पुरस्कार राशी सहित प्रमाणपत्र समेत रावतलाई प्रदान गरिएकाे थियाे भने महतारालाई दाेसल्ला ओडाई सम्मान गरिएकाे थियाे ।
प्रेश चौतारीको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएपछि रावतले जिल्लामा थप क्रियाशील भएर पत्रकारिता गर्ने प्रतिबद्धता ब्यक्त गरे ।