प्रेस चौतारी नेपाल हुम्लाद्वारा दुई जना पत्रकारलाई सम्मान

Logo
ऐटन रावल मंगलबार, माघ २२, २०८१

हुम्ला । प्रेस चौतारी नेपाल हुम्लाले २७ औँ स्थापना दिवस कार्यक्रम मनाएको छ । प्रेस चौतारी नेपाल हुम्लाकाे आयोजनामा स्थापना दिवस मनाउनुका साथै स्वागत तथा सम्मान कार्यक्रम गरिएकाे हाे ।

प्रेस चाैतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिहंको अध्यक्षता तथा नेकपा एमाले पार्टी जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल हुम्लाले लामो समयदेखि संगठनमा अतुलनीय भुमिका खेलेको प्रति सम्मान गर्दे केन्द्रीय सदस्य रमेश ऐडीलाई सम्मान र एकीकृत समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष मिमसिह नेपाली पुनः प्रेस चाैतारी नेपालमा समाहित भएकाे भन्दै उनलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश ऐडी, एमाले जिल्ला सह सचिव प्रदिप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव अर्जुन बोहरा, नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, प्रेस युनियनका जिल्ला उपाध्यक्ष छपाल लामा र प्रेस सेन्टरका जिल्ला अध्यक्ष तिलसरा विक लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला