हुम्ला । हुम्लाको सिमकाेट गाउँपालिका भित्रका आगलागी पीडितहरुलाई राहत स्वरुप सिरक सहयाेग गरिएको छ । माघ २१ गते श्री सत्य साई केन्द्र हुम्लाको आयाेजनामा सिमकाेट गाउँपालिका भित्रका १७ जना आगालागी पीडित र बित्पन्नहरुलाई सिरक सहयाेग गरिएको हाे ।
उनिहरु पीडितलाई चिसाेबाट बच्न र न्यानाे गर्ने उदेश्यका साथ सिमकोट गाउँपालिका– ८ को याङ्गुका आगलागी पिडितहरु र बित्पन्नलाई बितरण गरिएको थियाे । केही समय अगाडी आगलागी भएर घर नष्ट भएका र आगलागीबाट घरमा क्षेती पुगेका याङ्गु गाउँका आगलागी पिडितलाई सिरक बितरण गरिने श्री सत्य साई केन्द्र हुम्लाका सदस्य लक्ष्मण बोहराले बताए ।
सिरक जिल्लामा ल्याउनका लागि नेपाली काँग्रेस पार्टीकाे समन्वय र सत्य शाही केन्द्र हुम्लाको आयोजनामा ती सिरक बितरण गरिएको होे । त्यसैगरि अन्य सिमकोट गाउँपालिकाका बित्पन्नहरुलाई पनि सिरक बितरण गरिएको छ ।
सिमकोट गाउँपालिका– १, २, ४, ५ र ८ का आगालागी पिडित र बित्पन्नलाई सिरक बितरण गरिएको हो । १७ वटा न्यानो सिरक बितरणका लागि सत्य शाही केन्द्र हुम्लामा पैदल मार्गबाट आई पुगेका थिए । सत्य शाही केन्द्र काठमाडौको आर्थिक सहयोग र केन्द्रको हुम्ला शाखाको आयोजनामा पिडितहरुलाई न्यानो सिरक बितरण गरिएको हो ।
सिरक बितरण कार्यक्रममा काँग्रेस कोषाध्यक्ष बबिता शाही, शिक्षक संघका सचिव लक्ष्मण बोहरा, पत्रकार महासंघका अध्यक्ष राजन रावत, लोग भण्डारी, सुर्य लामा लगाएको उपस्थिती रहेको थियो । बिगत दश वर्षदेखि केन्द्रले हुम्लामा खाद्यान्न, स्टेस्नरी, कम्वल, सिरक लगाएतका सामाग्रीहरु सहयोग गर्दै आएको हो ।