हुम्ला। जिल्लाका सबै सरकारी कार्यालयहरुमा सुचना अधिकारी तोकिएका छन् । अधिकाँस कार्यालयले यस अघि सुचना अधिकारी नतोकेको कारण सेवाग्राहीलाई सुचना लिन समस्या भएको आवाज उठेपछि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको समन्वयमा सबै सरकारी कार्यालयहरुा सुचना अधिकारी तोक्ने कार्य गरेका हुन ।
प्रमुख जिल अधिकारी पाण्डेका अनुसार अनिवार्य काम गर्ने गरि जिल्ला स्थित सवै सरकारी कार्यालयहरुमा सुचना अधिकारी तोक्ने कार्य शहिद दिवसको अवसरमा भएको छ । राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज र सेवाग्राहीबाट सरकारी कार्यालयबाट आवश्यक सुचना लिन नपाईने र पाईए पनि अधुरा पाउने गरेको गुनासो आएपछि प्रजिअ पाण्डेले तत्काल सबै कार्याालयलाई पत्रचाार गरेर काम गर्ने गरि कार्यालयमा एक जना सुचना अधिकारी तोक्न निर्देशन दिएका थिए ।
परिपत्र गरेको छोटो अवधिमा सवै कार्यालयबाट सुचना अधिकारी तोकेको पत्र आफु कहाँ आएको बताउदै उनले यसको प्रभावकारी कार्यान्वयमा पनि अनुगमन गरिने बताए । सङ्घीय सरकारका संरचना २४ वटा, प्रदेश सरकारका संरचना बाह्र वटा र स्थानीय तहका संरचना आठ वटा गरि ४३ सरकारी एक वटा रेडक्रम गरि जिल्लामा ४४ वटा सेवा प्रदायक निकायहरु रहेका छन् ।
उनले सबै कार्यालयले संभव भएसम्म अधिकृत स्तरको कर्मचारी र नभए नायव सुव्वा स्तरको कर्मचारीलाई सुचना अधिकारी तोक्ने कार्य भएको बताए । सवैको जानकारीका लागि सहज बनाउन सवै कार्यालयमा सुचना अधिकारी तोक्ने कार्य भएको र ती कर्मचारीको नाम, कार्यालयको नाम र मोवाईल नम्बर राखेर उनले आफ्नो कार्यालयमा पनि राखेका छन् । सुचना दिने क्रममा समस्या आए तत्काल आफुले पनि समन्वय गर्ने उनले बताए ।