पत्रकार महासंघको निर्विरोध निर्वाचित टिमलाई प्रमाणपत्र बितरण

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सफथ खुवाउने र प्रमाण पत्र बितरण गर्ने कार्य भएको छ ।
Logo
Karnali Serophero आइतबार, मंसिर ३०, २०८१

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सफथ खुवाउने र प्रमाण पत्र बितरण गर्ने कार्य भएको छ । महासंघ मंसीर २८ गते सम्पन्न भएको निर्वाचनबाट सर्वसम्मत चयन भएको टिमलाई प्रमाणपत्र बितरण गर्ने कार्य भएको हो । निर्वाचन सम्पन्न गर्न गठन भएको निर्वाचन मण्डलले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमुख्य मन्त्री जीवनबहादुर शाहीले निर्वाचित टिमलाई सफथ खुवाउने र प्रमाणपत्र बितरण गर्ने कार्य गरेका थिए ।

सो कार्यक्रममा शाहीले समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्र ऐना जस्तै हुनु पर्ने बताएका छन् । मङसिर २९ गते पत्रकार महासंघ हुम्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रममा पुर्बमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन ।

निर्वाचित टिमलाई सफथ खुवाउने र प्रमाणपत्र बितरण गर्ने कार्यक्रमपछि नेपाली काँग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका शाहीले समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्र महत्वपुर्ण अंगका रुपमा रहने भएको कारण पत्रकारहरु निष्पक्ष र पारदर्सी रुपमा पत्रकारिता गर्नु पर्ने बताए । जसरी ऐनामा अनुहार स्पष्ट रुपमा देखिन्छ समाजमा भएका कुरा पनि सञ्चारकर्मीहरुले त्यसरी नै बाहिर ल्याउन सके पविर्तन गर्न सहज हुने उनले बताए ।

जिल्लाका केही कुरा राष्ट्रिय स्तरका मिडियामा बाहिर आई रहेको भएपनि अझै धेरै कुरा आउन बाँकी रहेको कारण त्यस्ता समाजमा लुकेर रहेका कुरा बाहिर ल्याउन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे । सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले साझा संस्थाले साझा काम गर्ने गरि अगाडी बढे सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले समाज परिवर्तनको संबाहक क्षेत्र सधै सजक र सतर्क बनाउने खालका सामाग्री दिन सके त्यसबाट सकरात्मक प्रभाव पर्ने बताए ।

प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त सहमतिमा नेपाल पत्रकार महासंघ हुम्लाको जिल्ला अध्यक्षमा राजन रावत, खुल्ला उपाध्यक्षमा सुरेश परियार, समावेशी उपाध्यक्षमा छपाल लामा, सचिवमा नन्द सिंह, खुल्ला सहसचिवमा पदमराज हमाल, समावेशी सहसचिवमा भक्तराज ऐडी, कोषाध्यक्षमा मन्दिर सिंह लगायत १५ सदसीय जिल्ला कार्य समिति रहने गरि उक्त कमिटि गठन भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]