काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को आयोजनामा ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रम सुरु भएको छ ।
नाफिजले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा शनिबार काठमाडौंमा सुरु भएको हो ।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल लगायतका सरोकारवालाहरुको उपस्थीति रहेको छ । कार्यक्रममा मुख्यत विकास बजेटमा देखिएको समस्या, निर्माण व्यवसायीको बाँकी भुक्तानी, ठेक्काको म्याद थप जस्ता बिषयमा छलफल गरिनेछ ।
कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले विकास बजेट सम्बन्धमा मिडियाले सरकार र निजी क्षेत्रलाई जोड्ने काम गरेको बताए । यो छलफलले विकास बजेटमा देखिएको समस्या समाधानका लागि उचित निकास दिने उनको भनाइ छ ।