विद्यालयमा शौचालयको अभावः जिर्ण शौचालयमा जोखिम मोल्दै शौच गर्न बाध्य

सिमकोट गाउँपालिका–३ स्थित रलिङ माध्यमिक विद्यालय बरगाउँमा शौचालयको अभाव भएको छ ।
Logo
नन्द सिंह सोमबार, मंसिर १०, २०८१

हुम्ला । सिमकाेट गाउँपालिका–३ स्थित रलिङ माध्यमिक विद्यालय बरगाउँमा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई शाैच गर्न समस्या भएको हो । विगत २० वर्ष पुरानो जिर्ण अवस्थामा रहेको शौचालय भएकाले सो विद्यालयका शिक्षक विद्यार्थीहरू जोखिम मौल्दै शौच गर्न बाध्य भएको शिक्षक सुर्यमणी बोहराले जानकारी गराउनुभयो ।

उहाँका अनुसार विद्यालयमा थप समस्या त सेनेटरी प्याट मैत्री शौचालय समेत नहुँदा छात्रा र शिक्षिकाहरूलाई कठिनाई हुने गरेको छ । उक्त सेनेटरी प्याट मैत्री शौचालय नहुँदा विद्यार्थीले सास्ती खेप्नु परेको कक्षा १० मा आध्यायनरत गिता भण्डारीले गुनासो गर्नुभयो । सेनेटरी प्याट मैत्री शौचालय नहुँदा रजस्वला भएको समयमा विद्यालयमा आउन समेत समस्या हुने गरेको छात्रा भण्डारीको भनाइ छ ।

त्यस्तै सेनेटरी प्याड मैत्री शौचालय नहुँदा विद्यार्थीले खुला आकाश मुनि गएर शौच गर्नु पर्दा वातावरण दुर्गन्धित हुनुका साथै असर समेत पार्ने गरेको कक्षा ९ मा अध्यायनरत छात्रा विपना बोहराले गुनासो गर्नुभयो । हुम्ला जिल्लाका अधिकांश विद्यालयमा यो समस्या छ । तर पनि सदरमुकाम सिमकोटसँग जोडिएको वडामा रहेको उक्त विद्यालयमा केही हतसम्म समस्या हुनु नपर्ने भए पनि सो विद्यलयको अवस्था पनि अन्य विद्यालयकै जस्तो समस्या छ ।

विद्यालयका शिक्षक बोहराका अनुसार पुरानो दुई ओटा शौचालय भए पनि गुणस्तरीय नभएपछि हाल शिक्षक र विद्यार्थीलाई सकस भएको छ । उक्त विद्यालयमा हाल १८ जना शिक्षक, शिक्षिका र १ सय ६७ जना विद्यार्थी मध्य पाँच जना शिक्षिका र ७६ जना छात्रा लागि गणस्तरीय शौचालय नभएपछि जोखिम पुर्ण तरिकाले शौच गर्नु पर्ने बाध्य भएको शिक्षकहरूले गुनासो गरेका छन् ।

भौगोलिक हिसावले हुम्ला पिछडिए पनि सो वडाका विद्यार्थीहरू सहज रूपमा शौचालय प्रयोग गर्न नपाउनुले थप समस्या भएको छ ।
विद्यालयमा नयाँ शौचालय निर्माणका लागि गत वर्ष युनिसेफ र सुसा संस्थाले सर्भे गरेको भए पनि अन्तमा वजेट अभाव भएको भन्दै विद्यालयको सौचालय निर्माण हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तह र अन्य सरोकारावाला निकायलाई धेरै पटक शौचालय निर्माणका लागि अनुरोध गर्दा समेत कसैले पनि वास्ता नगरेको हो । उक्त विद्यालयको जिर्ण अवस्थामा रहेको एउटा सौचालयमा हाल शिक्षक शिक्षिकाहरू प्रयोग गर्दै आएको र सोही शौचालयमा छात्राहरू घण्टौँ लाइनमा बसेर शौच गर्नु पर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]