उपनिर्वाचनका लागि दलहरुले गरे उम्मेदवारी दर्ता

Logo
Karnali Serophero आइतबार, मंसिर ०२, २०८१

हुम्ला । सर्केगाड  गाउँपालिका उपाध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

मङ्सिर २ गते गाउँपालिका स्तरका आफ्ना कार्यालयहरुबाट बाजाघाजा सहित उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो ।
उपाध्यक्ष पदका लागि पाँच जनको उम्मेदवारी दर्ता गर्ने कार्य भएको मुख्यनिर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताउनुभयो ।

मनोनय दर्ताको दुई दिन अगाडी बसेको सर्बदलीय बैठकले ठुला दल अनुसार उम्मेदवारी दर्ता गर्ने कार्य गर्ने सहमति अनुसार सो काम भएको छ । जसमा उम्मेदवार दर्ता गर्ने दिनमा जिल्लाका ठुला दलहरु मध्य नेपाली काँग्रेसले सबै भन्दा अगाडी आफ्नो उम्मेदवारी मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्ने कार्य भएको हाे ।

काँग्रेसका तर्फबाट उपाध्यक्ष पदका लागि सविता बुढा, नेकपा एमालेकाे तर्फबाट जाना शाही, नेकपा माओवादी केन्द्रका तर्फबाट देबकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचु बुढा र दुई जना स्वतन्त्रकाे तर्फबाट नरेश शाही र रामसरा खड्का साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रका उम्मेदवारलाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकिकृत समाजवादी, बिप्लव र नेकपा माओवादीको सर्मथन रहेको छ ।

स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि सर्केगार्ड गाउँपालिका केन्द्रमा कातिक ३० गते मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]