सरकारी कोटाको दुरुपयोग: मनपरी सिफारिस वितरण: यात्रुलाई सास्ती

जिल्ला प्रशासन कार्यालय हुम्लाले सरकारी कोटा अनुसारको हवाई टिकटमा दुरुपयोग गरेको सिमकोट विमान स्थलबाट रित्तो हातमा घर फर्कदै गरेका यात्रुले गुनासो गरेका छन् ।
Logo
नन्द सिंह मंगलबार, कार्तिक २७, २०८१

हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले सरकारी कोटा अनुसारको हवाई टिकटमा दुरुपयोग गरेको सिमकोट विमान स्थलबाट रित्तो हातमा घर फर्कदै गरेका यात्रुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले चिनजान र भुसुनका आधारमा प्रत्येक फलाइटको दुई कोटा ओगेड्दै आएको छ । जसको दुरुपयोग भएको सेवाग्राही तथा यात्रुहरूले आरोप लगाएका हुन् ।

उक्त प्रशासन कार्यालय हुम्लाले विरामी, विद्यार्थी, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको पहिचान नगरि भनसुन र चिनजानका आधारमा आफ्नो दुई कोटा हवाई कम्पनीका कार्यालयलाई सिफारिस गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । यसको पत्यक्ष मार नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका ७७ वर्षीय देम्जोक तामाङलाई परेको छ ।

तामाङका दुईवटै खुट्टा विरामी भएर कात्तिक १० गते जिल्ला अस्पताल हुम्लामा भर्ना भए । तर जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल हुम्लाले कात्तिक २१ गते जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गर्यो । उक्त रिफर सिफारिसमा जिल्ला प्रशासन कार्यालय हुम्लालाई सम्बोधन गर्दै हवाई टिकटको व्यवस्था गरि दिने अनुरोध गरियो ।

तर जिल्ला प्रशासन कार्यालय हुम्लाले उक्त अनुरोध पत्रमा नेपाल एयरलाइन्स बाहेक अन्य हवाई जहाजलाई टिकटको व्यवस्था गरि दिने भन्यो । तर सो हवाई कम्पनी लगायत दुईवटै खुट्टाको विरामी भएर हुल्चीयरका भरमा हिडेका तामाङलाई कसैले मतलवी नगरेको उनकी छोरी पेमा तामाङले गुनासो गरिन् ।

उनका अनुसार बुवाको हवाई टिकटका लागि पाँचदिनदेखि जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न निकायमा धाउनु पर्यो । तर सरकारी निकायले टिकटको व्यवस्था गरेन । यो कस्तो विडम्वना हो ? छोरीको साहारामा हिड्दै गरेका विरामी तामाङलाई प्रशासनबाट सिफारीस नआए पनि आफैले टिकट उपलव्ध गराएर जिल्ला बाहिर पठाएको नेपाल एयरलाइन्स हुम्लाका स्टेशन प्रमुख छिरिङ सोनाम लामाले बताए ।

लामा त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । लामा जस्तै सयौँ नागरिक हुम्लाको विमान स्थलमा पुग्छन् । तर टिकट नपाएर रित्तो हातमा घर फर्कदछन् । टिकट वितरण गर्नु पर्दा हवाई कम्पनीका कर्मचारी भने एरर्पोट गेट भन्दा भित्र गएर गोप्यमा टिकट दिने गरेको पाइएको छ । ती सबै पहुँच र पावरवाला मात्रै हुन्छन् ।

लाइन लागेको करिव दुई हप्ता वित्यो । हालसम्म टिकट पाउन सकिएन, स्थानीय धनजवा रोकायाले गुनासो गरिन् । उनले भनिन्, रातभरी टिकटका लागि एयरलाइन्सको ढोकामा लाइन लागे पनि अन्तमा टिकट नपाएर आफ्ना बालबालिका जिल्ला बाहिर जान पाएनन् । यो विषयमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीलाई बुझ्दा उनले सरकारी सिट, (कोटा) नितान्त सरकारी कर्मचारीहरूका लागि हो ? कुनै विरामी र अन्य व्यक्तिहरूका लागि नभएको प्रतिक्रिया दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले आवश्यक्ता अनुसार विरामीलाई पनि टिकटको सिफारिस गर्ने गरेको कर्णाली सेरोफेरो अनलाइनसंग थप जानकारी दिए ।

पहुँचका भरमा हवाई टिकट वितरण ः विरामी मर्कामा

राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको एक मात्रै हुम्ला जिल्लामा अझै हवाई टिकटको समस्या हुने गरेको छ । विगतका वर्ष झैँ यो वर्ष पनि दसैँ, तिहार सकिए लगतै जिल्ला बाहिर र भित्रिने यात्रुको संख्या बढ्दो क्रममा छ । सदरमुकाम सिमकोटदेखि जिल्ला बाहिर सुर्खेत र नेपालगञ्ज झर्नका लागि सर्वसाधारण त के ? विरामी र असक्त यात्रुले समेत टिकट सहजै रुपमा पाउन सकेका छैनन् ।

जसको प्रभाव विरामी, विद्यार्थी, जेष्ठ नागरिक, सुत्केरी महिला, अपङगता भएका व्यक्तिहरूमा परेको छ । विगतका वर्षदेखि हुम्लाका लागि उडान भर्दै आएका हवाई कम्पनीले पटक÷पटक लाइन मार्फत टिकट वितरण प्रक्रिया सञ्चालन गर्ने भनिएता पनि पछिल्लो समय नेपाल एयरलाइन्स बाहेक अन्य कुनै पनि एयरलाइनसहरूले त्यो नियमलाई कार्यन्वयन गरेका छैनन् ।

यस अघि नेपाल एयरलाइन्सले भने हप्ताको दुईदिन सोमबार दुई फलाइट, सुर्खेत र नेपालगञ्ज उडान भरेको थियो भने मङगलबार नेपालगञ्ज मात्रै उडान भर्दै आएको थियो । तर सो एयरलाइन्सले पनि गत तीन हप्तादेखि यता सोमबार सुर्खेतको फलाइट कटाएर नेपालगञ्ज एक फलाइट मात्रै गर्ने गरेको छ ।

त्यस्तै हुम्लामा आफ्नो पायक परेपछि मात्रै नियमित उडान भर्दै आएका अन्य हवाई जहाजले हप्तामा एक पटक एक फलाइट उडान भर्दै आएका छन भने सीता एयरले भने कम्तिमा पनि तीन फलाइट गर्ने गरेकाे छ । पहुँचका भरमा टिकट वितरण गर्दा विरामी लगायतका सर्वसाधारण मर्कामा परेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]