सुख्खा पहिरो खस्दा यातायात सेवा अबरुद्ध

Logo
Karnali Serophero सोमबार, कार्तिक १९, २०८१

हुम्ला । सिमकाेट गाउँपालिका-७ स्थित धारापाेरी गाउँ नजिकै रहेकाे सडक अवरुद्ध भएकाे छ । सिमकाेट हिल्सा सडक खण्ड अन्तरगतकाे धारापाेरी र चाट्टाँगे विच भागमा पर्ने सडक अवरुद्ध भएको हाे ।
माथिबाट आएको सुख्खा पहिरोले सडक भत्काएपछि यातायात सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ ।

सुख्खा पहिरोको कारण उडेको धुलो नजिक जाँदा उक्त स्थानमा सुख्खा पहिरो गएको स्थानीय कृष्णबहादुर शाहीले बताए । सडकमा माथिबाट आएको सुख्खा पहिरोका कारण दुई सय मिटर सडक पुरिएकोले यातायात सेवा पुर्ण रुपमा बन्द भएको उनले बताए ।

पहिरोको कारण सडक अबरुद भएपछि सिमकोटबाट गएका यातायातका साधन चाट्टाँगेसम्म पुगेर सिमकोट फिर्ता हुने गरेका छन् भने हिल्साबाट आएका गाडी धारापोरी गाउँको माथि ठाडा ढुँङ्गासम्म आउने गरेरका छन् । पहिरोले अबरुद्ध भएको सडकमा मानिस आउजाउ गर्न नसक्ने भएको कारण पैदल यात्रुहरु र खच्चड सवै चौगानफया गाउँ भएर जाने गरेका छन् ।

पहिरोले तीन वटा बिधुतका पोलहरु ढालेको कारण बिधुत सेवा अबरुद्ध भएको छ । त्यसैगरि धारोपोरी गाउँका लागि खानेपानीको पाईपलाईन समेत पहिरोले बगाएको कारण पानीको समस्या सुरु भएको छ । सोमबार दिउसो दुई बजेसम्म सुख्खा पहिरो खस्ने क्रम रोकिएको छैन् । पहिरोले क्षेती पुर्याएको सडकको धारापोरी प्रहरी चौकीले मुचुल्का तयार पारेको छ ।

सो खण्डको सडकमा हाल हिल्सा सिमकोट सडक आयोजनाको लगानीमा दाप्चा आरएन जेभी हेटौडाले निर्माण कार्य जारी राखेको थियो । सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण कार्य समेत रोकिएको छ ।

निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सरोज रावतले माथिबाट सुख्खा पहिरो खस्ने क्रम नरोकिदासम्म पहिरो पन्छाउने कार्य गर्न कठिन हुने बताए । सो खण्डको सडकको निर्माण कार्य आगामी पुस मसान्तसम्म सम्पन्न गरि सक्नु पर्छ । यसका लागि आयोजनाले ८ करोड रुपियाँ लागत लाग्ने गरि निर्माण कम्पनीसंग सम्झौता गरेको थियो ।

पहिरो गएपछि निर्धारित मितिमा सडकको निर्माण कार्य सम्पन्न हुने कार्य समेत अन्यौलमा परेको छ । त्यसैगरि पहिरोले चौगानफया गाउँ जाने बाटो उच्च जोखिममा परेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]