भारतबाट मानसरोवर दूरदर्शन  गर्न पुगेका पर्यटकलाई स्वागत

Logo
Karnali Serophero मंगलबार, कार्तिक ०६, २०८१

हुम्ला । मोटरसाइकलमा सिमकोट आइपुगेका दुई जना भारतीय धार्मिक पर्यटकलाई सिमकोटमा स्वागत गरिएको छ। भारतीय धार्मिक पर्यटक भारतबाटै मोटरसाइकलमा लाप्चा जानका लागि सिमकोट आइपुगेका हुन् ।

नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न ती धार्मिक पर्यटकहरु सडकमार्गबाट सिमकोट आइपुगेको पर्यटन व्यवसायी रामजन रावतले बताए ।

नेपाली भूमिलाई महत्व दिएर मानसरोवर कैलाशको दूरदर्शन गर्न आएका कारण सिमकोटमा स्वागत गरेर उनीहरुलाई हौसला प्रदान गरिएको उनले बताए । जोतपुर राजस्थान निवासी रविन्द्र सोलाकी र ऋषभ पालीवाल मोटरसाइकलमा हुम्ला आइपुगेका हुन्।

लाप्चा क्षेत्रको प्रचारप्रसार गर्ने र अन्य भारतीय धार्मिक पर्यटकहरुलाई पनि आकर्षण गर्नका लागि आएको सोलाकीले बताए।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]