राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मानसरोवर मावि अगाडी

Logo
Karnali Serophero बिहिबार, आश्विन १७, २०८१

हुम्ला । सोह्र पदकका साथ सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मानसरोवर नमूना मावि पदक तालिकामा अगाडी रहेको छ ।

दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा मानसरोवर पदक तालिकामा अगाडी रहेको हो । हालसम्म छात्रा र छात्रतर्फ तेह्र वटा ईभेन्ट सम्पन्न हुँदा मानसरोवर माविले सात वटा स्वर्ण, छ वटा रजत र तीन वटा कास्य गरि कुल १६ पदकका साथ अगाडी रहेको छ ।

सो विद्यालयलाई बालमन्दिर माविले पाँच स्वर्ण पाँच रजत र चार कास्य गरि १४ पदकाका साथ दोस्रो स्थानमा रहेको छ । त्यसैगरि सैपाल हिमाल माविले एक स्वर्ण र एक कास्य गरि दुई पदक प्राप्त गरेर तृतीया स्थानमा रहेको छ भने कैलाश माविले दुई रजत र तीन कास्य हाँसिल गरेको छ भने रामदेव माविले एक कास्य पदक हाँसिल गरेको छ ।

रलिङ मावि बरगाउँले एक कास्य पदक प्राप्त गरेको छ । कर्णाली माविले भने हालसम्म कुनै पनि पदक प्राप्त गर्न सकेको छैन । अव यति नै पदका लागि प्रतियोगिता सञ्चालन हुनेछ । यो प्रतियोगितामा गाउँपालिका भित्रका मानसरोवर, बालमन्दिर, सैपाल हिमाल, कर्णाली , कैलाश, रामदेव र आयोजक रलिङ माविले सबै इभेन्टमा सहभागीता जनाएका छन् ।

आयोजक रलिङ मावि बरगाउँ भएपनि सिमकोटस्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको छ । यसका लागि छात्रा छात्रका तेह्र वटा ईभेन्टहरु छुट्टा छुट्टै रुपमा सञ्चालन हुनेछन् । आर्थिक सहयोग गाउँपालिकाको भएपनि निर्णय अनुसार प्रत्येक वर्ष पालो अनुसार विद्यालयले प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । उद्घाट सत्रपछि आजैबाट प्रतियोगिताका खेलहरु सुरु भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]