जिल्लामा सुशासान कायम गर्ने, प्र.जि.अ. पाण्डेको भनाई

भरखरै मात्र जिल्ला बाहिरबाट सरुवा भई हुम्ला आइ पुग्नु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लामा सुशासन कायमका लागि आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।
Logo
Karnali Serophero आइतबार, आश्विन १३, २०८१

हुम्ला । भरखरै मात्र जिल्ला बाहिरबाट सरुवा भई हुम्ला आइ पुग्नु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लामा सुशासन कायमका लागि आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन् । असोज १२ गते शनिवार जिल्लामा काम गर्दै आएका सञ्चारकर्मीहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम प्रजिअ पाण्डेले जिल्लामा सुशासान कार्यक्रम गर्ने, पारदर्शिता कायम गर्न, बिकास निर्माण छिटो, छरितो र गुणात्मक रुपमा गराउन, हवाई यातायातलाई व्यवस्थित गर्न, सडक सञ्जाललाई ब्यवस्थित गर्नेजस्ता साझा सवालमा सबै पक्षसँग मिलेर अगाडि बढ्ने कुरालाई पहिलो प्रथामिकतामा राखेको उल्लेख गरेका हुन् ।

उनले कतिपय कुरा सञ्चारकर्मीबाट मात्र जानकारी पाउने भएकाले त्यस्ता सूचना दिन जिल्लामा काम गर्ने सबै सञ्चारकर्मीलाई आग्रह गरेका थिए । पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले दिएका सुझाव तथा प्रतिक्रियाबारे बोल्दै प्रजिअ पाण्डेले नियम र कानुनको परिधिभित्र मात्र रहेर काम गर्ने प्रतिबद्धता जनाए । पत्रकार भेटघाट कार्यक्रम परिवार सदस्यहरु बसेर कुराकानी गरिरहेको महसुस भएको बताउँदै जिल्ला रचनात्मक र सकारात्मक परिवर्तनका लागि सहकार्य गरेर अगाडि बढ्न आफू तयार भएको र हुन सक्ने बिकृति–विसंगतिको पर्दाफास गर्न पनि सञ्चारकर्मीलाई उनले आग्रह गरे ।

उनले विशेष गरी हवाई यातायात र पैदल यातायातलाई सहज बनाउनका लागि पहल गर्ने काम सुरु गरिसकेको र कर्मचारीले सेवाग्राहीको काम सहज रुपमा प्रदान गर्नका लागि कार्यालय प्रमुखले निर्देशन दिने कार्य भइसकेको बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]