२८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाहरूको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
Logo
ऐटन रावल सोमबार, आश्विन ०७, २०८१

हुम्ला । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाहरूको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । रोयम नेपालको आयोजना, (ब्भ्क्ष्ल्) को आर्थिक सहयोग, इन्सेक, नेपाल पत्रकार महासंघ र गैरसरकारी महासंघ हुम्लाको समन्वयमा ०८१ असोज ७ गते जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० ओटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरी मानव अधिकारकर्मी उत्पादन गर्नुका साथै मानव अधिकारको पर्वद्धन, संर्वद्धन र प्रत्याभूति गर्ने उद्दश्यका साथ हुम्ला जिल्लामा पनि उक्त कमिटी गठन गरिएको रोयम नेपाल, कर्णाली प्रदेश संयोजक सन्तोष विकले बताउनुभयो ।

गठन कार्यक्रममा बोल्दै संयोजक विकले हुम्ला जिल्लामा पनि मानव अधिकारका क्षेत्रलाई क्रियाशील बनाई सरोकारवाला निकायले गरेका मानव अधिकार उल्लङ्घनका विषयमा उठान गर्ने र सरोकारावाला निकायलाई सजक बनाउने उदेश्यका साथ सोही दिन सर्वसहमतिमा उक्त कमिटी गठन भएको संयोजक विकले बताउनुभयो ।

संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ । जसमा जिल्ला अध्यक्षमा राजकुमार रोकाया, उपाध्यक्ष खुल्लामा रवि सुनार, उपाध्यक्ष समावेशी उपाध्यक्षमा प्रतिभा शाही, सचिवमा आयुस्मा बुढाथोकी, सहसचिवमा बाँचदेवि बुढा, कोषाध्यक्षमा मनिसा परिायार र सहकोषाध्यक्षमा भिमराज शाही लगायत २८ सदस्यीय रहने गरि जिल्ला युवा मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ ।

त्यस्तै नयाँ कमिटीले सोही दिन १३ सदस्यीय सचिवालय कमिटी समेत गठन गरेको छ । जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन कार्यक्रममा गैरसरकारी महासंघ हुम्लाका अध्यक्ष जनक बुढाको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा रोयम नेपाल, इन्सेक, गैरसरकारी महासङ्घ, नेपाल पत्रकार महासङ्घ, मानव अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्था, नागरिक समाज र गैरसरकारी सङ्घसंस्थाको पनि प्रतिनिधित्व रहेको थियो ।

उक्त युवा मानव अधिकार रक्षक सञ्जाल कमिटीले आगामी दिनहरूमा जिल्ला भरीको बस्तुस्थितिलाई बुझि त्यसको पहलकदमी गर्ने र जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]