हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेड हुम्ला शाखाले सहुलियतमा चामल र तेल विक्री वितरण कार्य सुरू गरेको छ । असोज ६ गते छुटमा खाद्यान्न विक्रिको उद्धाटन गर्दै शाखा कार्यालय हुम्लाले वितरणलाई जोड दिएको हो । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा हुम्लाका नायव सुब्बा नवीन प्रसाद आचार्यले शाखा र डिपोबाट नेपालीहरुको महान चाड वडा दशै र तिहारको अवसरमा सहुलियतमा चामल र तेल बिक्री गर्ने कार्य सुरू भएको जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिक्री वितरण विभाग प्रधान कार्यालय काठमाडौको भदौ ३१ गतेको निर्णय अनुसार शाखा कार्यालय हुम्लाले असोज ६ गते (आइतबार) देखि उक्त सहुलियतको खाद्यान्न बिक्री वितरणलाई तिव्रता दिएकोछ । लिमीटेडले चामल र तेल चाडपर्व लक्षित गर्ने उदेश्यका साथ यो कार्यको थालनि गरेको हो । जसमा शाखाबाट चामल प्रतिकेजी तीन र पाँच रुपियाँ छुट गरिएको छ भने तेलमा भने प्रति लिटर सात रुपियाँका दरले सर्वसाधारणले छुट पाएका छन् ।
उक्त छुट पाउँदा स्थानीय नागरिकलाई निकै राहत भएको खाद्यान्न लिन आएका स्थानीय हस्त बुढाले खुसी व्यक्त गरे । कुनै वेला जिल्लामा खाद्यान्नको निकै कठिनाई हुने भए पनि पछिल्लो समय उक्त शाखा कार्यालय हुम्लले सहुलियतमा खाद्यान्न विक्रि वितरण गर्दा सहजता भएको बुढाको भनाई छ । यो पटक पोषण तत्व मिसिएको ४ हजार क्वीन्टल चामल र ६ हजार ३ सय ५८ लिटर तेल सहुलियतमा बिक्री सुरु गरिएको छ ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाको लागि सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाका लागि श्रीनगर डिपोबाट ५÷५ सय क्वीन्टल र खार्पुनाथ गाउँपालिकाका लागि ३ सय क्वीन्टल खाद्यान्न विक्रि वितरण कार्य आजैबाट भएको बताइएको छ । उद्घाटनसत्रमा सहभागि भएका संघिय संसद छिरिङ दमडुल लामाले भने नेपाल सरकारले दसैँ तिहार पर्व लक्षिक गरि सहुलियतमा खाद्यान्न विक्रि गरिनुले हुम्लाी नागरिकलाई राहतको महसुस हुनु हो ।
कार्यक्रममा बोल्दै संसद लामाका अनुसार यहाँका स्थानीय नागरिकलाई सामान्य रुपमा भए पनि मलमपट्टी बनेको छ । उक्त खाद्यान्न आज पहिलो दिन सिमकोट गाउँपालिका वडा नम्वर ८ स्याँडादेखि सुरुवाती गरिएको छ ।