युवा मानवअधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसंग छलफल

परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
Logo
ऐटन रावल शुक्रबार, आश्विन ०४, २०८१

हुम्ला । परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । असोज ४ गते रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी महसंघ र नेपाल पत्रकार महासंघ हुम्लाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरि मानवअधिकारकर्मी उत्पादन गर्नुका साथै मानवअधिकारको पर्वद्धन, प्रत्याभूति र संरक्षण गर्ने उदेश्यका साथ हुम्ला जिल्लामा पनि यो कार्यको थालनी गरिएको रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिए ।

शुक्रबार विहान ८ वजे सञ्चालन भएको कार्यक्रममा बोल्दै संयोजक विकले हुम्ला जिल्लामा पनि मानवअधिकारका क्षेत्रलाई क्रियाशिल बनाई सरोकारवाला निकायले गरेका मानवअधिकार उलंघनका विषयमा उठान गर्ने मानवअधिकार रक्षक सञ्जाल गठन गर्न थालेको उल्लेख गरे ।
संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर मानवअधिकार रक्षक सञ्जाल गठन गर्न थालेको छ ।

उक्त सञ्जाल गठनका लागि इन्सेक लगायतका संघसंस्थाहरूको पनि ठूलो भूमिका रहेको भन्दै रोयम नेपालले विभिन्न संघसंस्थाहरूसंग सहकार्यमा सहकार्य गरेको छ । जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठनका लागि रोयम नेपालले पहिलोदिन इन्सेक, गैरसरकारी महासंघ, नेपाल पत्रकार महासं, मानव अधिकार क्षेत्रमा काम गर्ने संघसंस्था, नागरिक समाज र गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई सहभागि गराई युवाहरूको नाम समेत पहिचान गरि युवा मानवअधिकार रक्षक सञ्जालमा समावेश गरिने बताइएको छ ।

तर उक्त गठन कार्य भने भदौ ७ गते गरिने भएको छ । करीव २५ सदस्यीय युवा मानवअधिकार रक्षक सञ्जाल गठनपछि सो कमिटीले जिल्लाभरिको बस्तुस्थितीलाई बुझि त्यसको पहलकदमी गर्ने भएको छ । भने जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]