हुम्ला । हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाउँदै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याँडा गाँउमा व्याँसी समुदायका मानिसहरु वसोवास गर्दै आएका छन् । भदौ १६ गते स्याडा गाँउमा चोख्या मेला पर्व धुमधामका साथ मनाइएको छ ।
स्याडाका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैं यो वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ साँता गाँउका महेन्द्र रोकायाले बताए । रोकायाका अनुसार, परम्परागत धार्मिक संस्कार अनुसार घरका कुलदेवता कुतिहिल्सो देवताको पूजाआज गरी स्याँडा गाउँभन्दा माथिकोे चोख्या चउरमा यो पर्व मनाइएको जानकारी दिए ।
स्याँडा गाउँका स्थानीयले परापूर्खादेखि नै चोख्या पर्व मनाउदै आएको स्थानीयले बताएका छन् । स्याँडामा हिल्सो देवाताको मन्दिरमा पूजाआज गरी वर्षभरिका लागि घरमा शान्ती छाउने र धामी झाँक्री नाच्ने देउडा खेल खेल्न , दौडने, ढुङ्गा उठाउने र घोडा चडेर दैडने चलन छ । यो खेलमा जस्ले जित्छ तेसैलाइ राम्रो हुन्छ भन्ने जन विश्वास रहदै आएको छ । चोखे मेलामा घरको जेठा छोराको ब्रतबन्धको साटो चोख्या हाल्ने चलन छ ।
प्रत्येक वर्ष आफ्नो अनुकुल्ता मिलाएर चोख्या चउरमा जेठो छोराको नाममा खसी काटेर सीला हालेर चोखे मेला मनाईको छ । चोखेमेला हेर्नका लागि स्याँडा र आसपासका वासिन्दा स्याँडा गाँउमा जम्मा हुने गर्दछन् । घरबाट पकाएर लिएको मिष्ठान भोजन आफान्तहरुसँग बसेर खाने, दुःख सुख साटासाट गर्दै भलाकुसारी गरी दिनभर रमाईलो गरी साँझ घर फर्किने गरेको स्थानीय सोनिया बुढाले बताइन् ।
चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने गरेका पाहुनाहरुलाई सम्मान गर्दै पाहुनाका रुपमा स्वागत गर्ने मुख्य विशेष्ता रहेको छ ।