हुम्ला । नम्खा गाउँपालिका-४ यालवाङका स्थानीय नागरिक शुद्व खानेपानीको पहुँचमा जाेडएका छन् । यश अघि केही असहज्ता भएपनि गत असारदेखि यता यहाँका नागरिक खानेपानीको पर्याप्त पहुँचमा जाेडिएका हुन् ।
भदौ १० गते नाम्खा गाउँपालिका-४ स्थित यालवाङमा रहेकाे खानेपानीको सराेकारवाला निकायद्वारा अनुगमन गर्ने क्रममा यस्तो देखिएकाेफहाे ।
अनुगमन नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाकाे संयाेजकत्वमा गरिएकाे थियाे ।
एक घर एक धारा कार्यक्रम अन्तरगतकाे छातेसी खानेपानी सरसफाइ तथा सचेतना नामक खानेपानीको अनुगमन गरिएको सुस्वा परियाेजनाका प्रमुख दन्त शाहीले बताए ।
शाहीका अनुसार आ.व. ०८०/०८१ काे गाउँपालिका र सुस्वा परियाेजनाका संयुक्त आर्थिक लगानिमा १ कराेड १८ लाख रुपियाँमा ८५ वटा धारा निर्माण गरिएका छन् ।
तर यालवाङ बस्तीमा ९० वटा घरदुरी रहेका छन् । अन्य पाँच घरदुरीका लागि पुरानै खानेपानी पर्याप्त छ । उक्त आयाेजना गत असारमा सम्पन्न भएकाे थियाे ।
त्यस यता यहाँका स्थानीयलाइ खानेपानीको सहज भएकाे स्थानीय सामा लुण्डुप तामाङले जानकारी दिए ।
अनुगमनमा नाम्खा गाउँपालिकाका अध्यक्ष तक्दिर लामा, उपाध्यक्ष तक्दिर लामा, सोही गाउँपालिका वडा नं १ देखि ६ सम्मका वडा अध्यक्ष, पत्रकार, कर्मचारी लगायतका व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।