हुम्ला । सिमकोट गाउँपालिका-५ स्थित माथिल्लो बजारमा २ करोड रुपियाँकाे लगानीमा हाई अल्टियुड फुटसल सहित इन्डोर ब्याड्मिन्टन, जिम सेन्टर निर्माण कार्य सुरू भइरहेकाे छ ।
हाई अल्टियुड ईन्डोर स्पोर्टस सेन्टर, हुम्ला फुटबल एकेडेमी र आदित्य जनरल स्टोरको संयुक्त लगानीमा निर्माण कार्य सुरू भएको हाे । करिब २ करोड बजेटमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण कार्यमा बिभिन्न समस्याहरू देखापरेपछि रकम बढ्न सक्ने बताइएको छ ।
हाई अल्टियुड ईन्डोर स्पोर्टस सेन्टरका प्रबन्ध निर्देशक बुद्वि रोकायाका अनुसार हुम्ला जस्तो ठाउँमा यसरी फुटसल सहित ईन्डोर स्पाेर्टीस निर्माण गर्ने सोच राखेकाे बताए ।
याे एउटा साहस पुर्ण कार्य हाे । धेरै जोखिम मोलेर यस कार्यमा लगानी गरेको राेकायाकाे भनाइ छ । हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावतका अनुसार यो सोचाई एक बर्ष अघि नै रहे पनि बिभिन्न समस्याले गर्दा यस बर्ष सुरू गरेकाे बताए ।
फुटसलले हुम्लाकाे फुटबल बिकासमा कोशे ढुङ्गा साबित गर्नुका साथै प्रशिक्षणमा हुने मैदानको समस्या पनि समाधान हुने रावतले जानकारी दिए ।
त्यसै गरि आदित्य जनरल स्टाेरका प्रबन्ध निर्देशक राज बहादुर बस्नेतका अनुसार धेरै चुनौती मोलेर हुम्लामा खेलकुद क्षैत्रमा बिकास गर्न लगानी गरेकाे बताए । उनले जिल्लामा खेलकुद मैदान भए पनि सुबिधायुक्त नहुदा समस्या चुलेकाे बताए ।
निर्माणधिन फुटसलामा खेलाडीहरूकाे सुबिधाका लागी ताताे पानी, सौचालय, डेस्क बेन्च सहित उत्कृस्ट रेस्टुरेन्ट सन्चालनान आउने छ ।
मौषम लगायतले साथ दिए आगामी दसैंसम्म खेल सञ्चालन गरिने बताइएको छ ।