हुम्ला । नेपाल राष्ट्रिय शिक्षक संगठनको पालिका स्तरीय नयाँ कार्यसमिति गठन भएको छ । ०८० चैत २४ गते सञ्चालन भएको दोस्रो अधिवेशनले सर्केगाड गाउँपालिका स्तरीय कार्य समिति गठन गरेको हो । शनिबार नेकपा एमालेको भातृ तथा (शुभेच्छुक) राष्ट्रिय शिक्षक संगठनको दोस्रो अधिवेशन मार्फत नयाँ कार्यसमितिले पुर्णता पाएको छ ।
उक्त संगठनका नि. वर्तमान अध्यक्ष कालि बहादुर फडेराको अध्यक्षता तथा नेकपा एमाले सर्केगाड गाउँकमिटिका अध्यक्ष भिम बहादुर सिंहको प्रमुख आतिथ्यमा सञ्चालन भएको पुरानो कार्य समिति विगठनपछि नयाँ कार्य समिति गठन गरिएको छ । आज भएको दास्रो अधिवेशनले नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा नेत्र बहादुर थापा, द्धय शृजना पाण्डे र जग रावत उपाध्यक्ष, मदन बुढा सचिव, धर्म फडेरा कोषाध्यक्ष लगायत १९ सदसीय पालिका स्तरीय कार्य समिति गठन भएको सचिव मदन बुढाले बताए ।
उनले पहिलो दिनमै अधिवेशन सन्चालन भएर विवाद रहित रुपमा सर्वसहमितिका साथ कार्य समिति चयन गरिएको बताए । सचिव बुढाका अनुसार निवर्तमान पदाधिकारीलाई विदाई गर्दै नयाँ पदाधिकारीलाई स्वागत गरिएको छ ।
पाँच सदसीय सल्लाहकार समिति गठन
आजै भएको उक्त अधिवेशनले पाँच सदसीय सल्लाहकार समिति गठन गरेको छ । जसमा बलि चन्द्र जैसी, कविदत्त ढकाल, मान बहादुर बुढा, कालि बहादुर फडेरा र मान बहादुर कार्की रहेका छन् । उक्त संगठनको सर्केगाड गाउँपालिका भरी गरेर हाल ४५ जना शिक्षकहरु आवद्ध रहेका छन् । जुन संगठनले शिक्षा क्षेत्रको वकालत र पैरवी गर्दै आएको छ ।