दुई सातादेखि याङगारका ३२ घरदुरी खानेपानीबाट वञ्चित

नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक दुई सातादेखि खानेपानीबाट वञ्चित भएका छन् ।
Logo
छपाल लामा आइतबार, भाद्र ०९, २०८१

हुम्ला । नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक दुई सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । सोही गाउँपालिकाको याङगार गाउँकै माथि रहेको सडकलाई डवल निर्माण गर्नेक्रममा पाइप लाइनमा क्षेति भएपछि दुई सातादेखि सो गाउँका स्थानीय नागरिक खानेपानीबाट वञ्चित भएका हुन् ।

सिमकोट हिल्सा सडक खण्ड अन्तरगतको बाटो निर्माण गर्ने क्रममा साउन २५ गतेदेखि खाने पानीको पाइपलाइन क्षेतविक्षत बनाएपछि याङगार गाउँका ३२ घरदुरी खानेपानीबाट वञ्चित हुनुपरेको स्थानीय छोमु तामाङले गुनासो गरिन् ।

स्थानीय तामाङका अनुसार सडक निर्माण गर्दा खानेपानीको पाइपलाइनलाई ढुङ्गा माटोले तहसनहस बनाएको र पुनः खानेपानीको लाइन मर्मत गर्न समेत कठिनाई भएपछि आफूहरूले सास्ती खेप्नु परेको छ । सामान्य टुटफुट भएको भए गाउँलेहरूको श्रमदानमै निर्माण हुने थियो । तर ढुङ्गा माटो भन्दा धेरै भाग तल तहसनहस हुनुका साथै लाइन नै हराएका कारण निर्माण समेत गर्न नसकिने तामाङले जानकारी दिइन ।

जसका कारण हाल यहाँका नागरिक खोलाको धमिलो पानी खान बाध्य भएका छन् । गाउँ भन्दा केही माथि एउटा धारो रहेको भए पनि उक्त धारोमा पर्याप्त पानी नआउँदा स्थानीय नागरिक खोलामा पुग्नु पर्ने अर्का स्थानीय नकीडोका लामाले गुनासो छ । पानी उपलब्ध गराउन भन्दै पटक पटक वडा कार्यालयलाई अनुरोध गर्दा पनि वडा कार्यालयले झारो टार्ने कार्य गरी रहेको लामाको भनाइ छ । स्थानीय तहले सुनुवाई नगरेपछि हाल सो ठाउँका नागरिक खानेपानीबाट वञ्चित हुनुपरेको छ ।

दुई साता अघिदेखि गाउँबासी खानेपानीबाट वञ्चित भएको नाम्खा गाउँपालिका–४ का वडा अध्यक्ष लातार लामाले उल्लेख गरे । उनले डोजरले सडक निर्माणका क्रममा यस्तो समस्या आएको हुँदा करीव २ सय मिटर पाइपलाइन क्षेति बनाएकोले समाधानको उपाय खोज्ने विकल्पमा रहेको वडा अध्यक्ष लामाको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]