हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी पाँच जना शख्त घाइते भएका छन् ।
भदाै ५ गते चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । चालक सहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए ।
शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगु जिल्ला छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्वी रावत र रमेश मल्ल शख्त घाइते भएको प्रहरीले जनाएको छ ।
उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।
दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो ।
गौरी सल्लाकाे मोडमा विहान ८ वजे मोड्ने क्रममा सडकदेखि १ सय ५० मिटर तल खसेको छ ।