हुम्ला । खार्पुनाथ गाउँपालिका–३ स्थित रायाको ठानाकोटमा रहेको नमस्तेको टावरले काम नगर्दा स्थानीय सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् । करीव एक महिनादेखि उक्त स्थानमा रहेको टेलिफोन सेवाले काम नगरेपछि खार्पुनाथ गाउँपालिका भित्रका अधिकांस बस्तीका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका हुन् ।
लामो सयमसम्म अवरुद्ध भएको टेलिफोन सेवा मर्मतका लागि नेपाल टेलिकम हुम्लाले वास्था नगरेपछि उक्त सेवाबाट बञ्चित हुनु परेको स्थानीय आशिस रोकायाले गुनासो गरेका छन् । उनका अनुसार राया गाउँको ठानाकोटमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध हुँदा हाल खार्र्पुनाथ गाउँपालिकाका चार वटा वडाका सेवाग्राही मर्कामा परेका छन् ।
टावरले काम गर्न छोडेपछि स्थानीयले जिल्ला बाहिर र सदरमुकाम लगायत छिमेकी गाउँपालिकामा भएका आफन्तसँग कुराकानी हुन नसेको गुनासो गरेका हुन् । लामो समय वितिसक्दा पनि मर्मतका लागि टेलिकम हुम्लाले व्यवस्था गर्दा यहाँका नागरीक सञ्चार सेवाबाट बन्चित हुनु परेको रोकायाको भनाई छ ।
ठानकोटमा विग्रीएको टावरलाई मर्मतका लागि वडाध्यक्ष च्याँगा बोहरा एक हप्ताअघि नेपाल टेलिकममा पुगेर मर्मतका लागि अनुरोध गर्दापनि कुनै सुनुवाई हुन् नसकेको बताइएको छ । वडाध्यक्ष बोहरा पुग्दा नेपाल टेलिकमले हप्तादिन भित्र मर्मतका लागि कर्मचारी पठाउँछु भनेपनि हालसम्म नपठाएको रायाका नागरीकको गुनासो छ ।
नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाका अनुसार, मर्मतका लागि प्राविधिक पठाउने भनेपनि केही कर्मचारी परीक्षा दिन गएका कारण पठाउन नसकिएको बताइन् । महिना दिनसम्म रायाका नागरीकले नमस्ते टेलिफोन सेवामा जोडिन नसकेको निमित्त प्रमुख लामाले स्विकार गरिन । अवरुद्ध भएको टावर मर्मतका लागि केही दिनमा कर्मचारी पठाउने प्रतिक्रिया दिइन् ।
रायाको ठानाकोटमा रहेको टावरमा जडान गरिएको सोलारको जस्ता पाताले काम नगर्दा टेलिफोन सेवा अवरुद्ध भएको राया गाउँका स्थानीयले गुनासो गरेका छन् । सोलार पुरानो हुँदा यहाँका सेवाग्राहीले पटक पटक फोन सेवाबाट बन्चित हुनु पर्ने गरेको हो । लाली, पिउस, थाली, राया, र याङचु गाउँका सेवाग्राही टेलिफोन सेवाबाट बन्चित भएका छन् । उक्त चारवटा वडाका झण्डै २ हजार बढी सेवाग्राही टेलिफोन सेवाबाट बन्चित हुनु परेको छ ।
धेरै वर्ष पुराना सोलार भएकाले बेला बेलामा अवरुद्ध हुँदै आएको छ । गाउँ नजिकै रहेको टावरमा खराबी आउँदा दुई घण्टाको टाढा अग्लो डाँडामा गएर फोन सम्पर्कमा जोडिनु परेको छ । रायामा रहेको टावर नजिकै घट्टेखोला लघु जलविधुतको खम्बाहरु पुगेर नजिकैको बस्तीलाई विधुत आपुर्ति भए पनि सो टावालाई व्यवास्था गरेको स्थानीयले बताएका छन् ।
सो टावर सञ्चालनका लागि हालसम्म खार्पुनाथ गाउँपालिका र नेपाल टेलिकमले मतलवी नगर्दा महिनौँ दिनदेखी सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।