हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाडमा गाडी दुर्घटना भएको छ । ०८१ साउन १२ गते दिउसो साढे १ वजेको समयमा सर्केगाड बजारबाट जंगल नजिक दाउरा ल्याउन जाने क्रममा क.प्र.०२–००३ क ००९५ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो । ट्रक सर्केगाड गाउँपालिका वडा नम्वर ४ स्थित थाहा गौँडामा ब्रेकले काम नगर्दा दुर्घटना भएको सर्केगाड इलाका प्रहरीचौकिका इन्चार्ज प्रहरी नायव निरिक्षक एक खड्काले जानकारी दिए ।
दुर्घटनामा परि घाइते हुनेमा चंखेली गाउँपालिका वडा नम्बर ४ का २५ वर्षिय गाडी चालक नैन बुढा, सर्केगाड गाउँपालिका वडा नम्वर ८ स्थित फुचा गाउँका १८ वर्षिय धनराज ऐडी, १५ वर्षिय महेश ऐडी र १३ वर्षिय दिपेश ऐडी रहेका छन् । गाडी चालक बुढाको मेरुदण्डमा चोट लागेको, महेशको बायाँ पट्टीको तिग्रा थिचिएर सक्त घाइते भएको प्रहरीले जनाएको छ । ट्रकमा चालक र गाडी मालिक हरि ऐडिका दुईवटा छोरा लगायत अन्य अर्को एक जना गरेर चार जना यात्रु रहेका थिए ।
दुर्घटनामा परि दुई जना सक्त घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएको बताइएको छ । घाइतेको स्थानीय र प्रहरीको सहयोगमा करिब एक घण्टापछि उद्वार गरिनुका साथै प्रथामिक उपचारका लागि भवि एण्ड पवि हेल्थ किल्निक मेडिकलमा उपचार हुदै गरेको मालिक हरि ऐडीले बातए ।
बिरामीलाई सर्केगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको साँया स्वास्थ्यचौकिमा लगिए पनि स्वास्थ्य संस्था बन्द भएका कारण निजि मेडिकलमा उपचार गर्नु परेको पीडितले गुनासो गरेका छन् ।