गाउँपालिकाले जलविद्युत बन्द गर्न निर्देशन दिएपछि सेवाग्राही मर्कामा

दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाले खारखोला लघु जलविद्युत आयोजना बन्द गर्ने निर्देशन दिएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।
Logo
Karnali Serophero आइतबार, साउन ०६, २०८१

हुम्ला । दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाले खारखोला लघु जलविद्युत आयोजना बन्द गर्ने निर्देशन दिएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् । विगत लामो समयदेखि उक्त जलविधुत सञ्चालनमा भए पनि साउन १ गतेदेखि गाउँपालिकाले विधुत बन्द गर्न निर्देशन दिएपछि उक्त क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् ।

गाउँपालिकाले विधुत नै बन्द गर्न लगाएपछि चंखेली गाउँपालिका–२ का करीव ३ सय घरपरिवार अन्धकारमा बस्नु परेको दार्मा गाउँका स्थानीय टिकाबहादुर शाहीले गुनासो गर्नुभयो । उक्त विधुत हाल अनिश्चित समयका लागि बन्द भएको शाहीको भनाइ छ । गाउँपालिकाले सोही जलविद्युत आयोजनामा कार्यरत कर्मचारीलाई काम नगर्न भनेपछि अनिश्चित समयका लागि बन्द गरिएको हो ।

एक सातादेखि उक्त आयोजना बन्द भएपछि यहाँका नागरीक अन्धकारमय जीवन ज्युन परेको खारखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष लाल प्रसाद जैसीले बताउनुभयो । हाल उक्त विधुत कार्यालयमा तीन जना कर्मचारी कार्यरत हुनुका साथै तीनै जनाको तलव एक वर्षदेखि नपाएको र उनिहरूको तलवका लागि गाउँपालिकासंग अनुरोध गर्दा गाउँपालिकासंग बजेट नभएकोले गाउँपालिकाले विधुत बन्द गर्न लगाएको अध्यक्ष जैसीले जानकारी दिनुभयो ।

गाउँपालिकाले बन्द गर्न भनेपछि विद्युत सेवा अहिले बन्द गरिएको उहाँले बताउनुभयो । जलविद्युतमा कार्यरत कर्मचारी हाल कोही काममा नखटिएको बताउनुभयो । वडा कार्यालय सहित आसपासका बस्तिका सेवाग्राहीले पुरानै सल्लाहको दियो बालेर अन्धकारमा रात कटाउनु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।

उक्त विषयमा चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई बुझ्दा उहाँले आफु काठमाण्डौमा रहेकोले आफुलाई त्यो सम्वन्धि कुनै जानकारी नरहेको भन्दै कर्णाली सेरोफेरासंग ठाडो प्रतिक्रिया दिनु भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले फोन रिसिभ गर्नु भएन भने निमित्त प्रमुख प्रशासकीय अधिकृत परम पाण्डेलाई भने फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]