स्वास्थ्य संस्था भरपर्दो नभएपछि गर्भवतीलाई जिल्ला बाहिर उद्धार गर्न बाध्य

गाउँका स्वास्थ्य संस्था भरपर्दो नभएपछि हुम्लाका अधिकांस गर्भवती महिलाहरूलाई जिल्ला बाहिर उद्धार गर्नु पर्नु पर्ने बाध्यता छ ।
Logo
नन्द सिंह शनिबार, आषाढ २९, २०८१

हुम्ला । गाउँका स्वास्थ्य संस्था भरपर्दो नभएपछि हुम्लाका अधिकांस गर्भवती महिलाहरूलाई जिल्ला बाहिर उद्धार गर्नु पर्ने बाध्यता छ । सुत्केरी बेथा लागेकी अदानचुली गाउँपालिका–६ स्थित लौँठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई गाउँमा रहेका स्वास्थ्य संस्थाहरू भरपर्दो नभएकै कारण हेलिकोप्टरबाट जिल्ला बाहिर उद्धार गरिएको हो ।

असार २८ गते रातीदेखि सुत्केरी बेथाले च्यापेपछि सोही दिन राति लौँठी स्वास्थ्य चौकीमा लगिए पनि उक्त स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकिने जानकारी गराएपछि महिलाको उद्धारका लागि हेलिोप्टरको पहल भएको थियो ।

पहलका लागि जिल्ला प्रशासन कार्यालय , स्वास्थ्य सेवा कार्यालय, सम्वन्धित गाउँपालिका र स्थानीय सम्पुर्णको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुत्केरी बेथाले च्यापेकी बुढाको असार २९ गते विहान प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

स्वास्थ्य चौकीको प्रसूति गृहमा ल्याएको भए पनि अवस्था जटिल देखिएपछि उनको जिल्ला बाहिर रिफर गर्नु परेको लौँठी स्वास्थ्य चौकीका इन्चार्ज नवीन भण्डाराले जानकारी दिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]