कर्मचारीले पाएनन् तलव

चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् ।
Logo
Karnali Serophero बुधबार, आषाढ २६, २०८१

हुम्ला । चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् । सो गाउँपालिका स्थायी कर्मचारीले तीन महिना र अस्थायी कर्मचारीले करीव दश महिनादेखि तलव नपाएको चंखेली गाउँपालिका–४ का वडा सचिव विजय कुमार शाहीले जानकारी दिनुभयो ।
तलव नपाउनेमा स्थायी २१ र करार नियुक्त अस्थायी ८२ जना कर्मचारी रहेका छन् ।

गाउँपालिका प्रशासन अन्तर्गत कार्यरत (करार) सेवाका अस्थायी कर्मचारीले ७ महिनाको र शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीले दश महिनाको तलब पाउन नसकेका हुन । यस्तै गाउँपालिकामा कार्यरत स्थायी २१ जना कर्मचारीले चैत महिनादेखि तीन महिनाको तलब पाउन नसकेको गुनासो गरेका छन् ।

यसरी काम गर्दा पनि तलब नपाएपछि घर खर्च चलाउन समेत समस्या भएको कर्मचारीले गुनासो पोख्नुभयो । अस्थायी कर्मचारीले भन्छन्, वर्षभरी काम गरियो, यो असार मसान्तमा तलब आउने आश गरियो तर तलब नपाउँदा घर खर्च कसरी चलाउने भनेर अहिले चिन्ता भएको दुखेसो पोखेका छन् ।

यो आर्थिक वर्षको असारमसान्तमा सबैको खातामा तलब भत्ताको घण्टि बज्यो होला तर हामी चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीको बज्न नसकेको भन्द्र गुनासो गरेका हुन् । वित्तिय समानीकरणको बजेट सबै फिर्ता हुँदा यो आर्थिक वर्षमा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत परम पाण्डेले बताउनुभयो ।

वित्तिय समानीकरणको ८ करोड २० लाख रुपियाँ अर्थमन्त्रलयले फिर्ता लिनुका साथै कोलेनिकाले चेक काटेर बजेट फिर्ता लिएको हुँदा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता पाउन नसकेको अधिकृत पाण्डेको भनाई छ । गत आर्थिक वर्षको हिसाब मिलान नहुँदा राजस्व बाडफाडको २० लाख समेत फिर्ता गएकोले स्थायी कर्मचारीले तीन महिनाको र अस्थायी कर्मचारीले झण्डै दश महिनाको तलब पाउन नसकेको अधिकृत पाण्डेले बताउनुभयो ।

मुख्यमन्त्री रोजगार र प्रधामन्त्री रोजगार बाहेक सबै शिर्षकको बजेट फिर्ता भएकाले गाउँपालिकामा समस्या बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे जानकारी गराउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]