हुम्ला । नेकपा एमाले जिल्ला कमिटि हुम्लाका अध्यक्ष ज्ञामी बुमीले देश समृद्ध बनाउनका निमित्त देश भित्रै उत्पादन वृद्धिमा जोड दिनु पर्ने बताएका छन् । कृषि विकास कार्यालय हुम्लाले असार १५ गते धान दिवसको अवसरमा सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष बुमीले यस्तो कुरा गरेका हुन् ।
अध्यक्ष बुमीले हुम्लालाई जहिले पनि गरिबीको रेखामा राखेकोले भोकमरी अन्त्यका लागि कृषकहरुले उतपादनामा ध्यान दिनु पर्ने आवश्यक रहेको बतए । उनले भने पावर र पहुँजका भरमा भन्दा पनि वास्तविक किसानको खोजि गरि कृषक पहिचान गर्नु पर्ने सुझाव समेत दिए ।
सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले कार्यक्रममा बोल्दै कृषि उत्पादनलाई जलबायु मैत्री बानाउन आवश्यक छ ।
पुरस्कृत भएका भन्दा पनि अन्य काम गरेका उत्कृष्ट कृषकको पहिचान गरेर सम्मान गर्न आग्रह गरेका थिए । तथ्य रुपमा कृषकहरु पहिचान नगर्दाे वास्तविक कृषक समस्यामा परेको र त्यसको न्युनिकरण गरिनु पर्ने आवश्यक रहेको अध्यक्ष भण्डारीको भनाई छ । त्यस्तै देउडा गितबाट उदाहरण दिदै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले कृषकहरु अल्छिपनका कारण अन्नबालिमा कमि आएको बताए ।
उनका अनुसार जलवायु परिवर्तनका कारण उतपादनमा परिवर्तन हुँदै आयो । अल्छिपनले उत्पादन भन्दा पनि विकृति तर्फ धकेलियो । वास्तविक कृषकको पहिचान अनुसार अनुदानका कार्यक्रम वितरण नगरेको कुरा झल्काउँदै कार्यक्रममा अध्यक्ष रावलले कृषि विकास कार्यालयलाई सुझाव समेत दिएका थिए ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले नेपाल कृषि प्रदान देश भनिए पनि वास्तवमा सरकारले कृषकका नाममा आएको स्रोतसाधन खुम्चिएर आउने र कटौति गरेर पठाउने गरेपछि कृषकहरु थप मारमा परेको प्रतिक्रिया दिएका थिए । उत्पादनलाई बढुवा दिने र त्यसलाई सफल गराउनका लागि सरकारले ठूला÷ठूला योजनाहरु दिन जरुरत छ ।
कृषि क्षेत्रलाई बढवा दिनलाई पहिलेत अध्यायन गर्नु पर्छ । जसले कृषि कर्म वृद्धि हुने बताउँदै नाम्खाको लिमिमा पनि स्याउ फलाउने अभियान तर्फ लागेको अध्यक्ष लामाले जानकारी गराए । त्यस्तै प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले कृषि क्षेत्र देशको मुख्य पेशा हो र धान मुख्य अन्न हो भन्ने भनाई रख्दै धानको अत्यान्तै महत्व भएकाले प्रमुख अन्न नै धानको चामल भएकाले यसको सम्मान गर्नु पर्छ ।
स्थल र हवाई मार्गमा चामल ल्याउदा सरकारको निकै खर्छ छ । जसले काम गरेको छ । त्यसलाई पुरस्कृत गर्नु निकै सराहनीय हो । अनुदानलाई कटौति र पुरस्कृतलाई प्रोत्साहन र सम्मान गर्नु पहिलो आवश्यकता रहेको औँल्याएका हुन् ।
३ अगुवा कृषक पुरस्कृत
धान दिवसको अवसरमा हुम्ला जिल्लाका ३ जना अगुवा कृषकहरूलाई पुरस्कृत गरिएको छ । असार १५ गते धान दिवसको अवसरमा जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ ३ जना कृषकलाई कृषि विकास कार्यालय हुम्लाले स्थानीय कृषकलाई उत्कृष्ठ पुरस्कृत गरेको हो ।
मुख्यमन्त्री कार्यक्रम अन्तरगत उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको जिल्ला विकास कार्यालय हुम्लाका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए । उनले राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ३ जना अगुवा कृषकहरूलाई पुरस्कृत गरेको बताए । खडकाका अनुसार फलफुल खेतीमा प्रथम पुरस्कार नाम्खा गाउँपालिका–१ की लामु लामा, दृतिय पुरस्कार चंखेली गाउँपालिका–३ का गोविन्द जैसी, सिमकोट गाउँपालिका–३ का ताक्ला छिरिङ लामा तृतीय पुरस्कार सिमकोट गाउँपालिका–३ का ताक्ला छिरिङ लामालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
कृषकहरूलाई पोहत्सान गर्न हिसाबले जिल्लाका उत्कृष्ट कृषहरूलाई सम्मान गरेको थियो । जिल्ला भरका २५ जनाले आवेदन दिए पनि विभिन्न मापदण्डका आधारमा छनौट गरिएको खड्काको भनाइ छ । क्रमश प्रथम पुरस्कार राशी ४० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार रुपियाँ सहित प्रमाणपत्र समेत हस्तान्त्रण गरिउको थियो ।
यसैबीच नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लालाई पनि कर्णाली किसनाको सम्पदा मूल्यावान लोग समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सो कार्यालयका प्रमुख खड्काले धानको परिचय र महत्व, राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मुख्य मन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, “मुल्यवान” कर्णाली किसानको सम्पदा लोगो लगायतका विषयमा प्रस्तुत गरेका थिए ।