सात महिनादेखि शान्ति टोलका नागरिक खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका–६ बजार स्थित शान्ति टोलका स्थानीयबासी सात महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् ।
Logo
नन्द सिंह मंगलबार, आषाढ ११, २०८१

हुम्ला । सिमकोट गाउँपालिका–६ बजार स्थित शान्ति टोलका स्थानीयबासी सात महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । गत मङ्सिरबाट नियमित रुपमा खानेपानीका धारामा पानी नआएपछि बजार स्थित शान्ती टोलका स्थानीय नागरिक खानेपानीबाट प्रत्यक्ष रुपमा वञ्चित भएका हुन् ।

बजारमा खानेपानीका हाहाकार भएपछि पटक पटक विभिन्न सरोकारवाला निकाय समक्ष आनेपानीके अनुरोध पनि गर्दै आएका छन् । तर त्यो समस्या समधान हुन सकेको छैन । खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा असार ९ गते र सिमकोट गाउँपालिकामा यस अघि पानीको व्यवस्था गरिदिने भन्दै शान्ति टोलका महिलाहरू माग गर्न गएका हुन् ।

धारामा पानी नआएपछि शान्ति टोलका करिब दुई दर्जन महिलाहरु खानेपानी व्यवस्थापन गरिनु पर्ने भन्दै माग राख्न थालेका छन् । खानेपानीको माग गर्न पुगेको टोलीका संयोजक जमुना लामाले सात महिना भइसक्दा पनि सरोकारवाला निकायको ध्यान नगएको आरोप लगाइन् । सिमकोट गाउँपालिकालाई पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आफूहरू खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा धाउन बाध्य भएको लामाको भनाई छ ।

त्यस्तै धर्नामा गएकी स्थानीय गार्मु सिंहले धारामा खानेपानी नआएपछि शान्ति टोलका करिब ६० घरदुरीले खानेपानीबाट वञ्चित हुनु परेको गुनासो गरिन् । उक्त टोलमा पानी नआएपछि हाल सिमकोट माथिल्लो गाउँमा रहेको तिनधाराको पानी प्रयोग गर्न बाध्य भएको गुनासो छ ।
तिनधाराको पानी ल्याउन जाँदा र आउँदा धेरै समय लाग्ने गरेको कार्यालयमा पुगेकी महिलाहरूले गुनासो गरेका छन् ।

उक्त टोलले पहिलेदेखि नै प्रयोग गर्दै आएको पाइप लाइनलाई खानेपानी उपभोक्ता समितिले अर्को टोललाई दिएपछि आफूहरू समस्यामा परेको स्थानीयको आरोप छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया भामको नेतृत्वमा पाइपको व्यवस्थापन गर्न निर्देशन गरेको बताए ।

खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमै स्थानीयबासी पुगेपछि कार्यालय प्रमुख ङवान नाम्गेल लामाले खानेपानीको पाइपको व्यवस्था गर्न पहल गरिने बताए । सिमकोट खानेपानी उपभोक्ता समितिको स्रोतका अनुसार पानीको स्रोत नै सुकेका कारण समस्या भएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]