कर्णाली राजमार्गको खच्चा सडक अवरुद्ध

हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ को खच्चामा पर्ने कर्णाली राजमार्ग सडक खण्ड अवरुद्ध भएको छ ।
Logo
नन्द सिंह सोमबार, जेठ २८, २०८१

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ को खच्चामा पर्ने कर्णाली राजमार्ग सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला बाहिरबाट सामान ल्याएर आएका दुईवटा मालबाहक ट्रक फसेपछि सडक अवरुद्ध भएको हो । जेठ २७ गते विहान उक्त सडकमा सुख्खा पहिरो गएर सडक भाँसिदा सवारी साधन आवतजावतमा बन्द हुनुका साथै दुईवटा ट्रक समेत फसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

खच्चमा रहेको उक्त सडकखण्ड बाजुरा जिल्लाले हेर्ने भएकाले खबर गरिसकेको प्रहरी निरीक्षक चन्दको भनाई छ । खच्चा सडकखण्ड स्तरोन्नतीका साथै फसेका ट्रक निकाल्नका लागि जानकारी गराइ सकिएको बताइएको छ । धेरै पटक जिल्ला प्रशासन कार्यालय बाजुरालाई उक्त सडकखण्ड स्तरोन्नतिका लागि आग्रह गरिसकेको भएपनि कुनै सुनुवाई नगरेको बताइएको छ । सडक मर्मत र स्तरोन्नतिका लागि प्रशासनको ध्यानाकर्षण गरिएको छ ।

यस सडकखण्डमा सर्वसाधरण तथा यात्रुले पैदल आवतजावत गरिरहेका छन् भने आइतबार विहानदेखि सवारी साधन सञ्चालनमा नआएको खच्चमा होटेल व्यवसाय गर्दै आएका सर्केगाड गाउँपालिका–१ जैरका डिल बहादुर कार्कीले बताए । सडक खुलाउन अहिलेसम्म डोजर नआएका कारण सवारी साधन फसेको स्थानीय कार्कीले जानकारी दिए ।

उक्त क्षेत्रका सडक वर्षेनी अवरुद्ध हुँदा राजमार्ग नै अवरुद्ध हुने गरेको छ । खच्चमा सुख्खा पहिरो जाने माटो मात्रै भएकाले हरेक वर्ष उक्त सडक भाँसिदै जाने गरेको कार्कीले बताए । स्थानीय कार्कीले भने, “सडक मर्मत गर्न राज्यले चरम बेवास्ता गरेको छ । मर्मतमा सरकारले बेवास्ता गर्दा नागरिकले सास्ती खेप्नु परेको छ ।” सडक भाँसिदा गाडी फसेर सर्वसाधारण नागरिक अलपत्र परेका छन् ।

सडकको हैरानी खेप्दै आएका सर्वसाधारण नागरिकले सडकको दीर्घकालीन मर्मतको माग राख्दै आएका छन् । दीर्घकालीन मर्मतका लागि तीन वटै सरकारले चासो नदेखाउदा बाजुरा, मुगु र हुम्ला गरी तीन जिल्लाका लाखौँ यात्रुहरु अलपत्र पर्ने गरेका छन् । सो क्षेत्रमा पर्ने सडक मर्मत दीर्घकालीन नहुँदा कालिकोटको खुलालुदेखि सलिसल्ला सम्मको ११२।१० किलो मिटर सडकमध्ये खच्चा सडकमा पुगेर यात्रु अलपत्र पर्नुपर्ने अवस्था छ ।

उक्त सडक खण्डमा यस अघि पनि पटक पटक सुख्खा पहिरो जाँदा यात्रुले निकै सास्ती खेप्नु परेको थियो । सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा गास, बास र कपासको समेत समस्या हुने गरेको छ । यात्रुले रातभर जागरुम बस्नु पर्ने समेत देखिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]