हुम्ला । सिटिभिटिको तेस्रो वर्षको पहिलो खण्डको परिक्षा हुम्लामा नै हुने भएको छ । अनेरास्ववियु सिटिभिटि राष्ट्रिय कमिटि लगायत कर्णाली प्रदेश कमिटि एवम सिटिभिटि कार्यालयले जिल्लाका विद्यार्थीको विभित समस्या बुज्दै सिमकोटमै परिक्षा गर्न लागेको हो ।
जिल्लाको दुई वटा विद्यालयबाट सिटिभिटि परीक्षा हुन लागेको अनेरास्ववियु हुम्ला इन्चार्ज छक्क लामाले बताएका छन् । उनका अनुसार हुम्लाको मानसरोवर माध्यामिक विद्यालय र महादेव माध्यामिक विद्यालय दार्मामा सिटिभिटिको परीक्षा हुने भएको हो ।
अनेरास्ववियु सिटिभिटि राष्ट्रिय कमिटि इन्चार्ज प्रेमिका शाही, अध्यक्ष विशाल खड्का, सचिव रुप सिंह सुनार, र अनेरास्ववियू हुम्ला इन्चार्ज छक्क लामा लगायतको पहलमा जिल्लामै हुन लागेको छ ।
हुम्लाबाट सुर्खेत परीक्षा दिन तयार भएका जिल्लाका विद्यार्थीलाई आर्थिक कम हुँदा सुर्खेतमा परीक्षा दिन जाँदा कहिले हवाई टिकट नपाइने त कहिले आर्थिक कम लगायतको समस्याको मध्ये नजर गर्दै पहिलो पटक जिल्ला मै परिक्षा हुन लागेको इन्चार्ज लामाको भनाई छ ।