नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

Logo
Karnali Serophero आइतबार, चैत्र ३१, २०८१

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ ।

झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरुका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।

स्टाइल सुज ब्राण्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ ।

अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ । साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै

छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताउनुभयो ।

पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उहाँले बताउनुभयो । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुसारको नयाँ–नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो ।

कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोट्र्स सुज, क्याजुअल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।

देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित स्टाईल सुज ब्राण्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला