हुम्ला । जिल्लाको सिमकोट गाउँपालिकाले आफ्नो आयोजना रहेका गाउँ बस्तीहरूमा खाने पानीको समस्या हुन नदिनका लागि उपभोक्तालाई ग्रामिण मर्मत सम्भार तालिम सञ्चालन गरेको छ । गाउँका स्थानीय नागरिक खानेपानीबाट बञ्चित हुन नदिनका लागि सिमकोट गाउँपालिका वास युनिट हुम्लाले यस्तो कार्यको थालनी गरेको हो ।
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०८०।०८१ मा सञ्चालित खाने पानीको आयोजना निर्माण पश्चात उत्पन्न भएका समस्याहरुको समाधानका लागि आठ जना उपभोक्तालाई उक्त तालिम सञ्चालन गरेको गाउँपालिका स्रोतले जनाएको छ । सो तालिम वैशाख ९ गतेदेखि २० गतेसम्म सन्चालन हुने भएको छ ।
१२ दिने तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले गाउँपालिका मार्फत परेका योजनामा भएका समस्याका समधान गर्नका लागि प्रतिनिधिका रुपमा गएर मर्मत सम्भार गर्ने उदेश्यले तालिम सञ्चालन गरेको जानकारी दिएकी हुन् । उपाध्यक्ष रोकायाका अनुसार तालिम सिकेका उपभोक्ताहरुले खाने पानीको पाइप फुटेको, टुटेको, फोर्सको अवस्था के छ त्यसको जानकारी लिने र त्यसलाई तत्काल समाधान गर्ने बताइएको छ ।
तालिम लिएपछि लगानशिल बनेर काम गर्न पनि उनले सहभागिहरुलाई अनुरोध गरेकी थिइन । गाउँपालिका भित्रका मात्रै नभई अन्य संस्था मार्फत लागू भएका आयोजनामा पनि सो तालिममा सहभागी भएका उपभोक्ताहरुले आफुले सिकेको सीप सबै ठाउँमा प्रदर्शन गर्नु पर्ने गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
अध्यक्ष भण्डारीले सिकेको सीपलाई दिगोपना गर्नुका साथै गाउँपालिका योजनाहरूलाई संरक्षण गर्न सहभागिहरु र समुदायको उत्तिकै भूमिका रहेको बताएका छन् । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष भण्डारीले शिकेको सीप जुनसुकै क्षेत्रमा पनि काम लाग्ने भएकाले यक्यवद्ध भएर काम गर्न आग्रह गरेका थिए ।
त्यस्तै सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले रोजगार शृजनाका लागि सिकेको सीपलाई व्यवहारमा उतार्नु पर्ने बताए । जसका लागि सिमकोट गाउँपालिका २, ४, ७ र ८ का दुई÷दुई जना उपभोक्ताहरू सहभभागिता भएका छन् ।