माटाेकाे ढिस्काे खस्दा एक जनाकाे मृत्यु: चार घाइते

Logo
Karnali Serophero बुधबार, फाल्गुण २८, २०८१

हुम्ला । माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे मृत्यु भएकाे छ । भने अन्य चार जना महिला घाइते भएका छन् ।

सर्केगाड गाउँपालिका-७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा फागुन २८ गते बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षिया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए ।

घाईते हुनेमा सर्केगाड गाउँपालिका- ७ रोडिकोटकी २५ वर्षिया तीर्थकला जैसी,२७ वर्षिया जालकी जैसी, २० वर्षिया लक्षीमा जैसी र २६ वर्षिया मन्जु जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

मञ्जु जैसी सामान्य घाइते भएको र अन्य तीन जना महिला गम्भीर घाइते रहेको जानकारी आएको सुवेदीले बताए ।

राेडिकाेट स्वास्थ्यचाैकीमा प्रथामिक उपचार भइरहेका घाइतेहरुकाे उद्वारका लागि सुर्खेतबाट हेलिकप्टर उडिसकेकाे बताएको छ ।
मृतक जैसीको पोष्टमार्टमका लागि जिल्ला अस्पताल हुम्लाका डाक्टरहरूसंग समन्वय भइरहेकाे सूचना अधिकारी सुवेदीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला