नाम्खामा सुरु भयाे एचपिभी खाेप अभियान: २ सय १० किशोरी लाभान्वित

Logo
नन्द सिंह बुधबार, फाल्गुण २८, २०८१

हुम्ला । नाम्खा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपिभी) खोप अभियान सुरु भएकाे छ । देशभर गत माघ २२ गतेबाट खोप लगाउने कार्य सुरु गरिएको भए पनि हुम्लामा अत्याधिक चिसो हुनुका साथै विद्यालयहरू बन्द भएका कारण यहाँ फागुन १८ गतेदेखि यो अभियान सुरू भएको हो ।

जिल्ला खाेप समन्वय समितिकाे निर्णय अनुसार हुम्लाका सातवटा गाउँपालिकामा विभिन्न समय तया गरेकाेले नाम्खा गाउँपालिकामा फागुन २८ र २९ गते तार्गेट गरिएकाे हाे ।

जस अनुसार नाम्खा गाउँपालिका स्वास्थ्य शाखाले पहिलाे दिन महावाैद्व मावि यालवाङमा कक्षा ६ देखि १० सम्म अध्यायनरत किशोरीहरूलाई खाेप लगाउने कार्य गरिएको स्वास्थ्य शाखा संयाेजक ग्याछाे लामाले जानकारी दिए ।

गाउँपालिका भरिका १७ वटा खाेप केन्द्र गरि जम्मा २ सय १८ जना किशोरी मध्य नाम्खा गाउँपालिका-६ काे लिमिका आठ जना किशोरी भने उक्त खाेप लगाउनबाट बञ्चित हुनु परेकाे छ ।

नाम्खाकाे न्यालु लेकमा अत्याधिक हिउँ भजमेका कारण खाेप आपूर्ति हुन नसकेपछि ती किशोरीहरु खाेप लगाउनबाट छुटेका हुन् ।
तर उनिहरूलाई बैशाख दोस्रो हप्तामा लगाइने भएकाे संयाेजक लामाकाे भनाइ छ । लिमिमा १३ वटा नियमित खाेप समेत प्रभावित भएकाे छ ।

आज बुधबार महावाैद्व मावि १२१ जनालाई खाेप लगाएको थियाे । नाम्खाकाे एउटा खेप केन्द्रमा १ स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक खटाएकाे छ । उनिहरु सबैलाई अभिमुखिकरण दिएर खटाएकाे हाे ।

एचपिभी भ्याक्सिन क्यारियर गाउँपालिका अध्यक्ष प्रेम लामाकाे हातबाट यालवाङ सामुदायिक स्वास्थ्य इकाईलाई हस्तान्तरण गर्दै
महावाैद्व मावि कक्षा ६ मा अध्यायनरत छिरिङ पाल्मु लामालाई खाेप लगाइ खाेप अभियान सुरु गरिएकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला