अर्गानिक कृषिको प्रमोटमा जुट्दै लि–वर्ड

भौगोलिक हिसावले हुम्ला जिल्ला अत्यान्तै चिसो, विकट र कठिनाई छ ।
Logo
नन्द सिंह आइतबार, फाल्गुण २५, २०८१

हुम्ला । भौगोलिक हिसावले हुम्ला जिल्ला अत्यान्तै चिसो, विकट र कठिनाई छ । यहाँ स्थानीय रैथाने वाली, तरकारी खेती र ओखर, स्याउ लगायतका विभिन्न बोट विरुवाहरूको उत्पादन गर्ने एउटा थलो पनि हो । भूगोल हेर्दा निकै कठिन प्रस्थितीको देखिए पनि हुम्ला एउटा प्रचुर सम्भावना बोकेको जिल्लाका रुपमा पनि परिचित छ ।

स्थानीय सरकारदेखि अन्य संघसंस्थाहरूले पनि कृषि क्षेत्रमा प्रचुर आम्दानी देखेर यसको सही सदुपयोग गर्नुका साथै उत्पादन तर्फ पनि ध्यान केन्द्रित हुने क्रम निरतन्तरता छ । केही समय अघि मात्रै हुम्ला जिल्लाका कृषकहरू प्रनिर्भर रहँदै आएको देखिन्थ्यो । तर पछिल्लो समय यहाँका कृषकहरू आफ्नो व्यक्तिगत लगानीमा कृषि क्षेत्रलाई प्रमोट गर्दै आम्दानीको स्रोत बनाउन तर्फ जुटेको देख्न पाइन्छ ।

जस अन्तरगत जिल्लाका स्थानीयतहसंग समन्वय गर्दै जैवीक विविधता अनुसन्न्धान विकासका लागि स्थानीय पहल (लि–वर्ड) संस्थाले सिमकोट र खार्पुनाथ गाउँपालिकामा कृषि क्षेत्रमा काम गर्दै आएको संस्थाका प्रमुख उद्धव कार्कीले जानकारी दिए । फागुन २५ गते (लि–वर्ड) संस्थाले सिमकोट गाउँपालिका वडा नम्वर ६ का शक्ति रावतले सञ्चालन गरेको सामुदायीक सिकाई केन्द्रको समेत अनुगमन गरेको छ । सोही दिन संस्थाले सिमकोट गाउँपालिका, कृषि शाखा, कृषि विकास कार्यालय, नेपाल पत्रकार महासंघ लगायतको रोहवरमा उक्त सिकाई केन्द्रको अनुगमन गरेको हो ।

(लि–वर्ड)ले गत साउनदेखि दुईवटा सामुदायीक सिकाई कन्द्र स्थापना गरेको छ । जुन सिमकोट गाउँपालिका वडा नम्वर ६ र खार्पुनाथ गाउँपालिका वडा नम्वर ४ छिप्रा रहेको छ । विशेष गरि रैथाने बाली र तरकारी जन्य पदार्थको प्रमोट गर्ने उदेश्य रहेको छ । सिकाई केन्द्रको अनुगमनका क्रममा कृषकले निकै मेहेनत गरेको पाइएको छ । मल उत्पादन गर्न गडेउलाहरू पालन गरिएको छ ।

अनुगमन पछि जिल्लाको कृषि क्षेत्रलाई स्तर उन्नती, जिल्ला बाहिरबाट आयत हुने तरकारीलाई पञ्छाउँदै यहाँको अर्गानिक तरकारीको प्रयोग गनु पर्नेमा उपस्थीत सरोकारवाला निकायले जोड दिएका थिए ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला