

हुम्ला । हुम्लाका कुनै ठाउँका विद्यार्थीहरूले एउटा सामान्य झाेलुङ्गे पुल समेत नपाएर विद्यालय जान समेत प्रभावित भएकाे वेला मध्ये क्षेत्रकाे सर्केगाड गाउँपालिका-४ स्थित दुल्ली गाउँ नजिक आकाशे पुल बनाएर नेपाल सरकारकाे बजेट दुरुपयोग भएकाे छ ।
सर्केगाड गाउँपालिकाले वडा नम्बर ४ लाई छुट्याइएको बजेट मार्फत उक्त आकाशे पुल बनाएकाे पाइएकाे हाे । आकाशे पुल लगाएकाे स्थानमा खासै पुलको आवश्यकता नपर्ने तस्बिरले प्रस्ट पारेकाे छ ।
यसकाे मतलव स्थानिय सरकारले सरकारी बजेटकाे दुरुपयोग भएकाे बाटाेमा हिड्दै गरेका बटुवाहरूले बताउने गरेका छन् ।
हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालसंग जाेडिएकाे छैन । तर पनि खार्पुनाथ गाउँपालिका सम्म अस्थायी रुट परमिट बिनै सवारीसाधन सञ्चालन भएका छन् । ती सवारीसाधन जाेखिम माेलेर यात्रा गर्न बाध्य भएका हुन् । सलिसल्लादेखि खार्पु खाेलासम्म अधिकांश खाेलामा पक्की पुल लगाउनु पर्ने आवश्यकता छ ।
कर्णाली नदि वारिपारि भने धेरै पक्की पुल बनाउनु पर्ने छ । पक्की पुलत के सामान्य झाेलुङ्गे र काठे पुल समेत नहुँदा यहाँका नागरिक सजिलै नदि वारवपार गर्नबाट बञ्चित छन् । एक ठाउँबाट अर्को ठाउँ जान समेत ५/६ घण्टा लगाएर सम्बन्धित स्थानमा पुग्नुपर्ने बाध्यता छ ।
पुल नहुँदा विद्यार्थीहरूकाे पठनपाठन समेत प्रभावित हुँदै गएकाे छ । कुनै गाउँका विद्यार्थी भने जाेखिमपूर्ण काठे पुल र तुइनका भरमा विद्यार्थीले आफ्नो ज्यान जाेखिम गर्दै विद्यालय जानू पर्ने बाध्यता छ ।
त्यसैले हुम्ला हालसम्म दुर्गम जिल्लाका रुपमा परिचित छ ।
भरखरै सर्केगाडमा निर्माण गरिएकाे आकाशे पुल अन्य सुविधा सम्पन्न जिल्ला जस्तै हुम्ला पनि सुगम भनेर चिनाएकाे छ । करीब २५ मिटरकाे उक्त आकाशे पुल २ लाखमा निर्माण भएकाे छ । उक्त विषयमा सर्केगाड गाउँपालिका-४ का वडा अध्यक्ष धनबहादुर छत्यालसंग बुझ्दा उनले आ.व.२०८०/०८१ काे बजेटले पुल निर्माण गरिएकाे स्वीकार गरे ।
उनले मुख्य सडकदेखि दुल्ली प्राथामिक विद्यालयसम्म पुग्नका लागि विद्यार्थीलाई असहज भएकाे भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पटक पटक आकाशे पुलको माग गरेपछि साे पुलकाे थालनि गरिएकाे बताए ।
स्थानीयले मुख्य सडक र विद्यालय विच भागमा पर्ने जग्गामा बाटाे दिन नमानेका कारण साे पुलकाे अवधारणा ल्याएकाे अध्यक्ष छत्यालकाे भनाइ छ ।