प्रेस चौतारी नेपाल हुम्लाको अध्यक्षमा सञ्चारकर्मी बोहरा सर्बसम्मत

Logo
Karnali Serophero बिहिबार, माघ २४, २०८१

हुम्ला । प्रेस चौतारी नेपाल हुम्लाको अध्यक्षमा सञ्चारकर्मी दाने बोहरा निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल हुम्लको छैटौँ जिल्ला अधिवेशनले सञ्चारकर्मी बोहरा जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्ष बोहराको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको खुला उपाध्यक्षमा रतन रावत र महिला उपाध्यक्षमा बेलुमाया महतारा, सचिवमा मोहनसिंह बुढा, खुला सहसचिवमा लक्ष कामी, समावेशी सहसचिव मिगुर लामा र कोषध्यक्षमा ऐटन रावल सर्व सम्मत निर्वाचित भएका हुन् । यस्तै सदस्यहरूमा धनबहादुर भण्डारी र भाग्गी थापा चयन भएका छन् ।

यस्तै केन्द्रीय महाधिवेश प्रतिनिधिमा नन्द सिंह र कालीबहादुर थापा चयन भएका छन् भने प्रदेश अधिवेशन प्रतिनिधिमा सुरेश परियार, नृपराज हमाल र पदमराज हमाल चएन भएका छन् ।

त्यस्तै जिल्ला सल्लाहकार समितिको संयोजकमा मिमसिंह नेपाली, हरीबहादुर रावत र मोतिलाल महतारालाई चयन गरीएको निर्वाचन कमिटिका संयोजक रमेश ऐडीले बताए । दावेदारमा नि. वर्तमान नन्द सिंहले दाने बोहरालाई सहमती दिएपछि सर्बसम्मत भएको हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला