भिडियो एक्सरेसंगै रगत परीक्षण कार्य सुरू

हुम्लाको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले सुरक्षित मातृत्वका लागि गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ ।
Logo
ऐटन रावल मंगलबार, चैत्र २७, २०८०

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले सुरक्षित मातृत्वका लागि गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । चैत २६ गतेबाट गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीले बताए । पहिलो दिन वडा नम्बर ४ छिप्रा स्वास्थ्यचौकीबाट यो सेवा प्रदान गरिएको छ ।

उक्त स्वास्थ्यचौकीबाट १७ जना गर्भवती महिलाको भिडियो एक्सरे मार्फत गर्भजाँच गरिएको हो । गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल सिमकोटमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन सुरु गरिएको संयोजक शाहीले बताएका छन् ।

भिडियो एक्सरे कार्यक्रम सुरु भएपछि गाउँका गर्भवतीको गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको अनमी सारधा फडेराले कताइन् । प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सकिने भएको अनमी फडेराको भनाई छ ।

यस्तै गाउँपालिकाले पहिलो पटक गर्भवती महिलाका लागि रगत परिक्षण पनि गरेको छ । रगत परीक्षणका लागि सदरमुकाम धाउनु पर्नेको अन्त्य गर्दै गाउँमै यो सेवा दिन थालिएको गाउँपालिका संयोजक शाहीले जानकारी दिए । रगत परिक्षण र भिडियो एक्सरे सेवा दिन अनमी फडेरा र श्रीदेवी शाही खटिएका छन् । वडा एकदेखि पाँचसम्म यो सेवा दिइने भएको छ । भने आज खर्पेलगाउँ स्वास्थ्यचौकीबाट सेवा प्रदान गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]