बजारमा खानेपानीको हाहाकारः सेवाग्राही प्रभावित

हुम्लाको सदरमुकाम सिमकोटको तल्लो बजारमा खानेपानीको समस्या भएको छ ।
Logo
ऐटन रावल बुधबार, माघ ०९, २०८१

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटको तल्लो बजारमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिका–५ मा रहेको त्तलो बजारमा खानेपानीको समस्या भएपछि सेवाग्राही प्रभावित भएका हुन् । हप्तादिनदेखि खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नु परेको हो । सिमकोट तल्लो बजारको धारामा पानी आउन छोडीपछि घण्टौ लाइन बसेर एक बाल्टी पानी थाप्नु पर्ने अवस्था आएको स्थानीय लक्ष कामीले गुनासो गर्नुभयो ।

कामीले भन्नुभयो, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छोडेको, पानी आएका एक दुई छिपुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ । विहान सात बजेदेखि दश बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै नपुग्ने उहाँले बताउनुभयो ।” खाना पकाउन लगायतका लागि समेत पानीको समस्या छ ।

व्यक्तिगत सरसफाइमा पनि समस्या हुनुका साथै कपडा धुन समेत कठिनाई भएको कामीको गुनासो छ । ” पानी नआएका तल्लो बजारमा बस्ने नागरीकलाई पानीको समस्या छ । एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर घण्टौँ हिडेर खोलामा कपडा धुनुपर्ने बाध्यता छ । एक बाल्टी पानी थाप्न दशदेखि पन्ध्र जना लाइनमा बस्नु पर्ने बाध्यता छ ।

हिउँदको महिनामा पानीमा विहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारका करीव ५० भन्दा बढी घरदुरीले खानेपानीबाट बञ्चित हुनु परेको छ । तल्लो बजारका अधिकांश मानिसहरू आधा घण्टा लगाएर पिन्यारा, तीनधारामा पानी लिन जाने गरेका छन् ।

सिमकोट माथिल्लो बजारका अधिकांस नागरीकले पानी धारामा नआउँदा मुग्राधारामा गएर पानी ल्याउनु परेको बताउने गरेका छन् । यो समस्या पटक पटक हुने गर्दछ । तर सिमकोट गाउँपालिकाले यसको व्यवस्थापन गर्न नसकेको स्थानीय सेवाग्राहीको गुनासो छ । यसको विषयमा गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई बुझ्दा उहाँले खानेपानी उपभोक्ता समितिले लाइन वितरणमा समस्या गरेको बताउनुभयो ।

त्यो संगै सेवाग्राहीले पनि लाइन लिँदा मापदण्ड पुरा गर्नु पर्ने हो त्यो पुरा नगरेका कारण खानेपानीका धारामा बरफ जमेर यस्तो समस्या भएको अध्यक्षले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला