हुम्ला । सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला मङ्गलसेन नगरपालिका वार्ड नम्वर ८ मा जन्मनु भएका चर्चीत देउडा गायक महेन्द्र कुमार विकले पुनः मार्मिक देउडा गीत बजारमा ल्याउनु भएको छ । उहाँले विगत पाँच वर्षदेखि आफ्नो व्यक्तिगत व्यस्तका कारण बजारमा आफ्ना गीतहरू ल्याउन नसके पनि २०८१ पुस अन्तिम सातामा पुनः “साइको माया लैजा” भन्ने गीत बजारमा ल्यउन सफल हुनु भएको हो । २०४१ सालमा जन्मनु भएका मिठो स्वरका धनी युवा देउडा गायक विकले २०५८ सालदेखी गीत गाउन सुरू गर्नु भएको छ ।
गायक विकको पहिलो गीत अइल मैना काँछैइ, दास्रो रुदैछु निस्ठुरी मैना, तेस्रो बैरी रैछैइ मायाजाल, चौथो काँ छुटी गै मायाजाल, पाँचौ गैलो मायाजाल, छैटौँ तरन्या तागुली है, सातौँ काँछैइ रङ्गी सुवा लगायतका गीत बजारमा आइ सकेपछि उहाँले करीव पाँच वर्ष गीतमा विश्राम लिनु भएको थियो ।
साँस्कृतिक क्षेत्रमा देशको गहना, उर्जाशिल, कर्म योद्धाका रुपमा चिनिदै आउनु भएका राष्ट्रिय कलाकार विकले आठौँ कोशेलीका रुपमा अहिले भरखरै बजारमा ल्याउनु भएको नयाँ चर्चीत “साइको माया लैजा” गीतले निकै बजार लगि सेकेको छ । टिकटक देखि युटुवमा हेर्ने र सुन्ने स्रोताको पनि उत्तिकै भिर देखिन्छ ।
“साइको माया लैजा” बोलको गीतमा माया पिरती लगायत कला संस्कृति, धार्मिक तथा पर्यटीकय क्षेत्रको बर्णन र सुःख दुखमा आधारित देउडा गीतले एका एक चर्चा पाएको छ । अहिले देश भरिकै अधिकांश नागरिकहरू उक्त गीतमा टिकटक समेत बनाउन थालेका छन । पुरानो भाकामा तयार भएको गीतले सबैको मन छोएको छ ।
२०६५ साल कार्तिक ३० गते खप्तड एफएमले आयोजना गरेको कार्यक्रममा लामो समय गायन क्षेत्रमा यात्रा सुरु गर्नुभएका विकको, बैरी रैछैइ मायाजाल क्यासेटको “राति दिएइ सैना” गीतको (हेलो सेट जि गुमान्याको बोलादि जि) भन्ने डाईलगमा उहाँले उत्कृष्ट देउडा गायकको अवार्ड पाउन सफल हुनु भएको थियो ।
देउडा गायक विकलाई त्यो बेलाको निकै चर्चित देउडा गीतले अर्वाड दिलाएको हो । कलाकार विकले बजारमा ल्याएका गीतहरुले निकै राम्रो बजार लिने गरेकै कारण हुम्ला जिल्लामा रहेको रेजिना मल्टी मिडियाद्धारा सञ्चालित कर्णाली सेरोफेरो डटकम अनलाइनसँग कुराकानी गर्दै कलाकार विकले आफु यही क्षेत्रमा कृयाशिल रहेको र केही कारणले नियमित गीतहरु बजारमा ल्याउन नसकेको भन्दै देउडा गीत प्रतिको लगाव अहिले पनि उत्तिकै रहेको प्रतिकृया दिनुभयो ।
हाल विक शुदुपश्चिम प्रदेशको धनगढीमा रोजगारीको शिलशिलामा हुनु हुन्छ । साइको माया लैजा गीत बजार ल्याएको छोटो समयमै धेरै माया देखाएकोमा दर्शक र स्रोतालाई उहाँले धन्यवाद दिनुभएको छ । दर्शकको यो मायाले आफुलाई थप हौसला प्राप्त भएको कलाकार विकको भनाई छ । कलाकार विकले गाउँनु भएका गीतहरूले समाज परिवर्तनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानीय कला संस्कृति संरक्षण तथा सम्वर्धनमा महत्वपूर्ण भूमिका खेलेका छन ।
युवा देउडा गायक विकले हाल सम्म ४० भन्दा बढि गीत बजारमा ल्याई सक्नु भएको छ । भवानी प्रसाद रेग्मीको निर्देशनमा बजार आएको “साइको माया लैजा” गीत सहीत हिरण्ड कुमार साउदको सहकार्यमा बाँकी गीतहरु पनि बजारमा ल्याउने योजना रहेको विकले जानकारी दिनुभएको छ ।