प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला अधिवेशनकाे उद्घाटन सत्र सम्पन्न: बन्द सत्र सुरु

Logo
Karnali Serophero शनिबार, पुष २०, २०८१

हुम्ला । नेकपा माओवादी केन्द्रकाे भातृ संगठन प्रेस सेन्टर नेपाल हुम्लाको पाँचौं जिल्ला अधिवेशनकाे उद्घाटन सत्र सम्पन्न भएसंगै बन्द सत्र सुरु भएकाे छ ।

पुस २० गते प्रेस सेन्टर नेपाल हुम्लाका अध्यक्ष तिलसरा विककाे अध्यक्षता तथा प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटीका सचिव अर्जुन बाेहराकाे प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन भएकाे हाे ।

कार्यक्रमकाे स्वागत मन्तव्य राख्दै साेही संगठनका नि.बर्तमन  अध्यक्ष नरजन तामाङले आफुले फेसबुकमा दिएकाे राजिनामाका आधारमा माओवादी पार्टीले आफुलाई आधिकारिक रुपमा कार्वाही नगरेरै अर्काे अध्यक्ष बनाइनुमा असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले कार्यक्रममा बाेल्दै भने बाहिरी रुपमा मलाई कार्वाही गरेकाे भन्दै भरम फैलाए पनि तर पार्टी र संगठनले कार्वाही गरेकाे कुनै प्रमाण नदेखिएकाे हुँदा, याे कार्यक्रम मेराे अध्यक्षतामा सञ्चालन हुनु पर्ने प्रतिकृया दिएका थिए ।

उनले पार्टिकाे गैर जिम्मेवारी काम प्रती निकै असन्तुष्ट जनाएका थिए । आफ्नो कार्यकाल नसकिदै मलाई पुर्व अध्यक्ष भनिएकाे पर्ति तामाङले आपत्ति जनाए ।

त्यस्तै उक्त संगठनकाे पाँचौं जिल्ला अधिवेशनकाे सफलताकाे शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले जिल्लाका हरेक विषयमा आएका समस्याहरुकाे समधानका लागि प्रेस सेन्टर कटिबद्ध भएर लाग्न अनुराेध गरेका थिए । सचिव सिंहले घर भित्रकाे सामान्य विवादलाई ठूलाे इस्युका रुपमा नलिन समेत सुझाव दिएका थिए ।

कार्यक्रममा बाेल्दै पत्रकार महासंघ हुम्लाका पुर्व अध्यक्ष कर्ण राेकायाले यस अघि विभिन्न समयमा उठेका समस्या र नेपालकाे लाेकतान्त्रिक गणतन्त्रमा घटेका घटनाहरूलाई न्युनिकरणका लागि पत्रकारहरुले अहम भूमिका खेलेका थिए । त्यस्तै साेही अनुसार सेन्टरमा आवद्ध पत्रकारहरुले पनि यसलाई सफल रुपमा तिव्रताका साथ काम गर्नेछ भन्ने आशा गरेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला कमिटिका सचिव धर्मराज बाेहरा (विज्ञान)ले पेशागत हकहितका लागि सेन्टरले काम गर्ने उल्लेख गर्दै संगठन भित्र भएका सानातिना विवादलाई सहज रुपमा स्वीकार गरि संगठनकाे भलाई हुने काममा लाग्न अनुराेध गरेका छन् ।
उनले भने सप्रे मेराे विग्रे अर्काकाे भन्ने प्रविधिलाई मनदेखि नै हटाएर सबैले सबैकाे ठाउँबाट जागरुक हुनु पर्ने र त्यसकाे अन्त्य गर्न अनुराेध गरेका हुन् ।

तात्तै खाउ जलि जाउ, धिर गरे खिर खान पाइन्छ भन्ने उदाहरण दिदै प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव अर्जुन बाेहराले संगठनका साथिहरुलाई दृर्घ कालिन रुपमा लागि पर्न सुझाव दिए ।
उनले हाम्रो संगठनले अवकाे पत्रकारितामा लेख्ने, बाेल्ने र बाैद्विक ज्ञान भएका व्यक्तिलाई मात्रै पत्रकार बनाउनेमा लाग्ने भएकाे प्रतिबद्वता जनाए ।

उद्घाटन सत्रकाे समापन कार्यक्रममा बाेल्दै सेन्टरका जिल्ला अध्यक्ष तिलसरा विकले धेरै फलेकाे हाँगाे झुक्छ । झुकेर नभाचिएत ठिक छ। तर भाचियाे भने कामै नलाग्ने हुन सक्छ भन्ने जानकारी गराउँदै पार्टीकाे विधि र पद्धति अनुसार आफुलाई जिल्ला अध्यक्ष बनाएकै हाे ? काेही कसैले मनाेमानित तरिकाले अध्यक्ष बनाएकाे हैन । यसलाई संखा उपसंखा नगरेकै राम्रो भन्ने पर्तिपात गरिन् ।

उनका अनुसार अरु पार्टीका संगठनका पत्रकारहरू च्यानप कमाण्डमा बसेकाे देखिन्छ । तर प्रेस सेन्टरमा आवद्व पत्रकारहरू आ-आफ्नो मनाेमानित ढंगले लागेकाे पर्ति दुख व्यक्त गरिन् । उनले अब यसाे नगरि सबैले प्रेस सेन्टरकाे भलाई हुने कार्यका लागि लाग्न समेत अनुराेध गरेकी थिइन ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]