वार्षिक परिक्षाको नतिजा प्रकाशन नगरेको आरोपमा स्थानीयद्धारा विद्यालय तालाबन्दी

Logo
Karnali Serophero मंगलबार, पुष १६, २०८१

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँ स्थित  नाैधारा आधारभूत विद्यालयले लिएको वार्षिक परिक्षाको नतिजा समयममै प्रकाशन नगरेको आरोपमा पुस १५ गतेदेखि स्थानीयले विद्यालय तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समितिले नतिजा प्रकाशन गर्ने निर्णय अनुसार नभएको भन्दै दुर्पा गाउँका स्थानीयले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

गत मङ्सिर ३० गतेबाट सुरु भएर पुस ६ गते सो विद्यालयको वार्षिक परिक्षा सम्पन्न भएको थियो । विद्यालयले लिएको परीक्षा सम्पन्न भएको पछिल्लो दिन पुस ७ गते बसेको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, र स्थानीयको संयुक्त बसेको बैठकले पुस १५ गते नतिजा प्रकाशन गर्ने निर्णय गरेपनि सोही अनुसार नतिजा प्रकाशन नहुँदा तालाबन्दी गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष सिंहविर बुढाले जानकारी दिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष बुढाको नेतृत्वमा दुर्पा गाउँका स्थानीयले मिलेर विद्यालयमा तालाबन्दी गरेका छन् । सोही विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षक परीक्षा सकिए लगतै सबै आ आफ्नो घर गएर नतिजा प्रकाशनमा मतलवी नगरेको स्थानीयको आरोप छ । साथै विद्यालयको सामाजिक लेखा परिक्षण समेत नभएको स्थानीय जनक ऐडीले बताए ।

सोही विद्यालयका प्रधानाध्यापक मानबहादुर महत भने विद्यालयको वार्षिक परिक्षा सकिए पनि आफु विद्यालयको काममा नै खटिएको बबताए । परिक्षा सकिएको केही दिनपछि गुडनेवर्स इन्टरनेश्नल नेपाल नामक संस्थाले विद्यालयलाई दिएको शैक्षिक सामग्री बुज्न गएको प्रधानाध्यापक महतको भनाई छ ।

साथै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नतिजा प्रकाशन गर्ने भनिएपनि स्थानीय भुवो पर्व परेका कारण नतिजा प्रकाशन नभएको उनले बताए । आफु विद्यालयमा पुगेको र विद्यालयमा तालाबन्दी लगाउने स्थानीयसँग बसेर छलफल गरी विद्यालयको वार्षिक परिक्षाको नतिजा प्रकाशन हुने प्रधानाध्यापक महतले बताए । कक्षा १ देखि ७ सम्म पठनपाठन हुँदै आएको सो विद्यालयमा हाल ६० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन्् ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]