हुम्लामा दैनिक दिन सवारीसाधन बढ्दै

राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको हुम्ला जिल्लामा पछिल्ला केही वर्ष यता सवारीसाधनको संख्या दैनिक दिन बढ्दै गएको छ ।
Logo
ऐटन रावल सोमबार, चैत्र २६, २०८०

हुम्ला । राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको हुम्ला जिल्लामा पछिल्ला केही वर्ष यता सवारीसाधनको संख्या दैनिक दिन बढ्दै गएको छ । देशका ७७ ओटा जिल्ला मध्ये भौगोलिक कठिनाईका कारण राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको हुम्लामा विस्तारै सहवारीसाधनको संख्यामा दिनप्रतिदिन वृद्धि भएको पाइएको छ । उक्त साधनको संख्या वृद्धि भएसंगै तीनओटा टायर भएका सवारी सञ्चालनका लागि चालकहरू जिल्लामा आइ पुग्ने क्रम जारी छ ।

तर पनि यहाँ सडकको ग्रेड नमिलेकै कारण चालकले आफ्ना सवारीसाधन फिर्ता गर्नु पर्ने बाध्यता रहेको छ । गत एकसाता यता मात्रै रोजगारीका लागि जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा पुगेका तीन वटा अटो रिक्सा चालक फिर्ता भएका छन् । ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि कच्ची सडकमा अटो रिक्सा चलाउन कठिन हुने भएपछि पुगेको दोस्रो दिन बाँकेको कोहलपुर फिर्ता भएका हुन् ।

तीन मध्ये एक जना अटो रिक्सा चालक पतिराम थारुले रिक्सा चलाएर रोजगारी पाइएला भनेर बाँके जिल्लाको कोहलपुरबाट चार दिन लगाएर हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका केन्द्र छप्रेलमा रिक्सा सहित पुगे पनि सडकको अवस्था देखेपछि फिर्ता हुनुप परेको बताए । थारु वर्षले ५४ उमेरका पुगि सकेका छन् ।

उमेर बढ्दै गए पनि रोजगारीकै लागि दुर्गममा आएर काम गर्ने विचार गरेका थारुको सपना अधुरै रहेको छ । गाउँपालिका भित्र निर्माण गरिएका ग्रामीण सडकमा अटो रिक्सा चलाएर काम गरेर आर्थिक आम्दानी गर्ने भने पनि सोचे जस्तो नभएरै फिर्ता हुनु परेको चालकहरुको भनाई छ ।

उनी सहित अन्य दुई जना अटो रिक्सा चालक पनि रिक्सा सहित अछाम जिल्लाको साँफे बगरबाट कोहलपुर फिर्ता भएका छन् ।
ताँजाकोट गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोडिसकेको छ । तर, सडक असजिलो र ग्रेड नमिलेको कारण अटो चलाउन कठिन भएकाले फिर्ता हुनु परेको चालकले बताए । अटो चलेको भए यात्रुलाई भाडादरमा केही सहज्ता हुन बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero2080@gmail.com
nandasingh2071@gmail.com