हुम्ला । सर्केगाड गाउँपालिकामा भएकाे उपाध्यक्ष पदकाे मतगणना गर्ने क्रममा मुख्य निर्वाचन अधिकृतकाे कार्यलयले पर्यवेक्षकलाई पर्यवेक्षण र सञ्चारकार्मीलाई सुचनाबाट बन्चित गराएकाे छ ।
निर्वाचन आयाेगले विभिन्न संघसंस्थाबाट पर्यवेक्षण गराउनका लागि उक्त गाउपालिकामा खटाउनुका साथै जिल्लाका सञ्चारकर्मीले मत गणनाकाे अवस्था बुझ्न खाेज्दा मुख्य निर्वाचन अधिकृतकाे आदेशले सुरक्षाकर्मीले भित्र छिर्न नदिएपछि पर्यवेक्षण गर्न असहज भएकाे नियाेगबाट खटिएका पर्यवेक्षक अर्जुन बाेहराले गुनासाे गर्नुभयो ।
त्यस्तै सुचनाकाे हक हुदाहुदै पनि जिल्लाका सञ्चारकर्मीलाई समेत मतगणनाकाे अवस्था बुझ्न नदिएकाे पत्रकार जनकबहादुर शाहीले जानकारी गराउनुभयाे ।
निर्वाचन सम्बन्धि सुचनाकाे हक भएपनि त्यसमा मुख्य निर्वाचन अधिकृत बरालले सुचनाकाे हकबाट बन्चित गर्नुका साथै शाेषण समेत गरेकाे अर्का सञ्चारकर्मी ओवराज शाहिले बताउनुभयो ।
उक्त मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा माइकिङकाे पनि सुबिधा छैन । मतगणनाकाे जानकारी लिनका लागि स्थानीयले पत्रकारलाई आशा गरेका हुन्छन् ।
यस विषयमा पर्यवेक्षकले पर्यवेक्षण र सञ्चारकर्मीले सुचना लिनका लागि मुख्य निर्वाचन अधिकृत बरालसंग यस अघि नै माैखिक सम्झाैता भएकाे नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष एवम् नेपाल मानवअधिकार संगठनद्वारा पर्यवेक्षकमा खटिएका राजन रावतले बताउनुभयो । तर यसकाे ठिक उल्टाे कार्य प्रती निन्दनीय भएकाे अध्यक्ष रावतकाे भनाइ छ ।
साे विषयमा बुझ्न खाेज्दा मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बरालकाे सम्पर्क नम्बर नभएकाे र सहायक निर्वाचन अधिकृत ज्ञानबहादुर खत्रीलाई फाेन गर्दा उहाँको माेवाइल नम्बर अफ गरिएकाे भनेकाे थियाे ।