एक दिन पैदल यात्रापछि फाेटाे खिच्दै विद्यार्थी

Logo
नन्द सिंह शुक्रबार, मंसिर ०७, २०८१

हुम्ला । चंखेली  गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी एकदिन पैदल हिँडेर फोटो खिच्न बाध्य भएका छन् ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका विद्यालयमा पठनपाठन गर्न र फोटो खिच्नका लागि आवतजावत गर्नु पर्दा समेत कम्तीमा पनि एकदेखि दुई दिनसम्म लाग्ने गर्दा विद्यार्थी मर्कामा पर्दै आएका छन्।
डाँफे आधारभूत  विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थीले गाउँपालिका शिक्षा शाखामा बुझाउनु पर्ने नियम भएका कारण विद्यार्थीहरू एकदिन लगाएर गाउँपालिका केन्द्र पिप्लाङमा पुग्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका हुन् ।

पालिका केन्द्र पिप्लाङमा आउँदा एक र जाँदा एक दिन गरी दुईदिन लाग्ने गर्दछ। जसका कारण आफूहरूको पठनपाठन प्रभावित हुने गरेको कक्षा ८ मा अध्ययनरत छात्रा सुजता तामाङले गुनासो गरिन। कक्षा ८ को अर्धवार्षिक परिक्षाको फर्मको लागि फोटो खिच्ने काम गाउँमा नुहुँदा पालिका केन्द्र पुग्न बाध्य भएको तामाङले भनिन।

प्रधानाध्यापक बच्चुलाल चौधरीले विद्यालयमा फोटो खिच्ने स्रोतसाधन नभएका कारण गाउँपालिका केन्द्रमा पुगेर फोटो खिच्नुपर्ने बाध्यता भएको बताए । कक्षा ८ मा नौ जना अध्ययनरत छन । उनीहरू सबै जना एक दिनको बाटो लगाएर फोटो खिचेर फर्कने गर्दा पठनपाठन समेत प्रभावित हुने गरेको बताइएकाे छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]