हवाई टिकट नपाउँदा शिशुको मृत्यु

समयमै हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको आफन्तको आरोप छ ।
Logo
नन्द सिंह मंगलबार, मंसिर ०४, २०८१

हुम्ला । समयमै हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको आफन्तको आरोप छ । जिल्ला बाहिर उडान भर्दै आएका हवाई जहाजका कर्मचारीले गर्भवती महिलालाई टिकट नदिएपछि मङसिर ४ गते जिल्ला अस्पताल हुम्लामा शिशुको मृत्यु भएको आफन्तले आरोप लगाउनु भएको छ ।

खार्पुनाथ गाउँपालिका–१ लाली गाउँकी २० वर्षीया शान्ती शाहीलाई सुत्केरी व्यथा लागेको लक्षण देखा परेपछि मङसिर २ गते जिल्ला अस्पतालमा पुगेको उहाँका श्रीमान सुरज शाहीले बताउनुभयो । जिल्ला अस्पताल हुम्लामा पुराएकी शाहीको स्वास्थ्य चेकजाँच गर्दा उहाँको पेटमा भएको बच्चा उल्टो अवस्थामा हुनुका साथै जिल्ला अस्पतालमा व्लड बैँकको व्यवस्था नभएका कारण सोही दिन उहाँलाई जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो ।

अस्पतालको रिफर पत्रमा हवाई टिकटको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय हुम्ललाई सम्बोधन गरिएको थियो । हवाई टिकटका लागि उहाँका श्रीमान जिल्ला प्रशासन कार्यालयमा पुग्नुभयो । तर जिल्ला प्रशासन कार्यालयले हवाई टिकटको व्यबस्था गर्नुको साँटो व्यमतलवी गर्यो शाहीले गुनासो गर्नुभयो ।

मङसिर २ गते रिफर गरिएकी गर्भवती महिलालाई मङसिर ४ गते जिल्ला बाहिर उद्धार हुनु पर्ने हो । तर एयरलाइन्सले टिकट नदिएपछि उद्धार हुन नसकेको आफन्तको भनाई छ । ३ गते नेपालगञ्जबाट नेपाल एयरलाइन्स र तारा एयरले उडान भरेका थिए । उक्त एयरलाइन्समा पुगेर इमर्जेन्सी टिकटको माग गर्दा दुई ओटै एयरलाइन्सले टिकट नदिएपछि बच्चाको मृत्यु भएको शाहीले आरोप लगाउनु भएको छ ।

उक्त विषयमा जिल्ला अस्पताल हुम्लाका कार्यालय प्रमुख प्रतिक्षा भारतीसंग बुझ्दा उहाँले गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेट भित्र बच्चा उल्टो रहेको हुँदा जिल्लामा जोखिम मोल्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरेको बताउनुभयो । प्रमुख भारतीका अनुसार हुम्लामा व्लड बैँक नहुनु र गर्भवती महिलाको (o-negative) व्लड भएका कारण जिल्लामा कसैसंग उक्त व्लड नभएका कारण सुविधा सम्पन्न अस्पतालमा जान अनुरोध गरेको बताउनुभयो ।

जिल्ला अस्पताल हुम्लाले एयरलाइन्स कम्पनी र जिल्ला प्रशासन कार्यालय हुम्लालई समेत टिकटको अनुरोध गरेको उल्लेख गर्नुभयो । कतैबाट टिकटको व्यवस्था नभएपछि शिसुको मृत्यु भयो भने आमाको ज्यान बचाउन सफल भएको प्रमुख भारतीको भनाई छ । हवाई टिकटका लागि आधिकारीक सिफारिस नगरेको स्वीकार गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले मौखिकमा एयरलाइन्सका कर्मचारीलाई टिकटको विषयमा बुझ्दा गर्भवती महिला ३२ हप्ता नाघि सकेकोले अन्य यात्रुसंग पठाउन नमिल्ने एयरलाइन्सका कर्मचारीबाट प्रतिक्रिया आएको बताउनुभयो ।

उहाँका अनुसार गर्भवती महिलालाई उद्धारका लागि व्यक्तिगत हवाई चार्टर गर्नु पर्ने भएकोले मङसिर ३ गते उद्धार हुन नसकेको हो । नेपाल सरकारले विगत लामो समयदेखि दुर्गम हिमाली जिल्लाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हवाई लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर त्यो विषयमा हुम्लाका कुनै पनि सरोकारवाला निकायको पहल कदमी रहेन ।

पीडित घरपरिवारको आर्थिक अवस्था निकै कम्जोरी भएकाले व्यक्तिगत रुपमा हवाई चार्टर गर्न सक्ने अवस्था थिएन । यदि हवाई चार्टर गरेको खण्डमा पनि डलर कमाउनका लागि पूर्वतर्फ फर्किएका हवाई जहाजलाई हुम्ला उडान भर्ने अवस्था थिएन ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]