हुम्ला । नाम्खा गाउँपालिका–५ मुचु गाउँका पेमा दोर्जे लामाले कर्मचारी अवधि भरिको पाउनु पर्ने सेवा सुविधाको रकम कर्मचारी सञ्चयकोषमा जम्मा नभएको गुनासो गरेका छन् । जिल्लाको नाम्खा गाउँपालिका पशु शाखामा कार्यालय सहयोगी (पाचौँ स्तर) मा कार्यरत कर्मचारी लामाको दुई वर्षको कर्मचारी सञ्चयकोषमा जम्मा हुनु पर्ने सेवा सुविधाको रकम जम्मा नभएको गुनासो गरेका हुन् ।
२०२३ साउन ३ गते जन्मेर २०५३ असोज २२ गते स्थाई कर्मचारीका रुपमा सेवा प्रवेश गर्दे ०८१ साउन ३ गते २७ वर्ष ९ महिना ११ दिन सेवा अवधि पार गरि ५८ वर्षको उमेरमा अवकास प्राप्त गरेका लामाकाे गाउँपालिकाको चरम लापरबाहीका कारण उक्त सेवा सेविधाबाट बञ्चित हुनु परेको लामाले गुनासो गरेका छन् ।
उनि अवकास भएको जम्मा तीन महिना वित्यो । उनले नेपाल सरकारले उपलव्ध गराउँदै आएको सेवा सुविधा आफ्नो सञ्चयकोषमा जम्मा नभएको भन्दै गाउँपालिकालाई जानकारी गराए । गाउँपालिकाले सो रकम तत्काल सञ्चयकोषमा जम्मा हुने आश्वासन दियो । उक्त रकम झिक्नका लागि लामा काठमाडौँ पुगे ।
उनि काठमाडौँ पुगेको दुई महिना वितिसक्दा पनि गाउँपालिकाले सो रकम हालसम्म जम्मा नगरेको लामाले आरोप लगाए । लामा काठमाडौँमा पुगेर सो रकमका बारेमा बुझ्दा गाउँपािलकाकाे चरम लापरबाहीका कारणा गत आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को रकम कर्मचारी सञ्चयकोषमा हालसम्म जम्मा नभएको जानकारी भएको बताए ।
लामाले करीव पाँच वर्षदेखि नेपाल सरकारबाट उपलव्ध गराउँदै आएको उक्त सेवा सुविधा कर्मचारी सञ्चयकोषमा जम्मा नभएको गुनासो गरेका छन् । उक्त रकम जम्मा नहुँदा आफुले दुख पाउने काम मात्रै भयो लामाको भनाई छ । हुम्लाका स्थानीय तहले स्थायी कर्मचारी समेत रहेका कर्मचारीको त सेवा सुविधा कटौती गरेका छन् भने अरुत यहाँका जनप्रतिनिधि र माथिल्लो स्तरका कर्मचारीबाट के आशा अपेक्षा गर्नु लामाको भनाई छ ।
उनले आफ्नो रकम जम्मा नगर्नुमा मुख्य तय गाउँपालिका लेखापालको गल्ती भएको उल्लेख गरेका छन् । करीव २४ महिनाको रकम लामाको कर्मचारी सञ्चयकोषमा जम्मा किन भएन भन्दै नाम्खा गाउँपालिका लेखापाल रेजिना वलीसंग बुझ्दा उहाँले गत आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को कर्मचारी सन्चयकोष र विमाको रकम जम्मा हुन बाँकी रहेको स्वीकार गर्दै त्यतीवेला आफु गाउँपालिकामा कार्यरत नभएको र पुरानो लाखापालको गल्ती हो भन्ने प्रतिक्रिया दिइन ।
लामाले नपाएको रकम पालीकाले व्यहोर्नु पर्ने भन्दै लेखापाल वलीले यतिवेला आफु जिल्ला बाहिर रहेको र गाउँपालिकामा फर्कदासाथ फाइलहरू खोलेर गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र आफु बसेर छलफल गर्ने कर्णाली सेरोफेरो अनलाइनलाई जानकारी दिइन् ।