कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल हुम्लामा, प्रेस चाैतारी नेपाल हुम्लाद्वारा पत्रकार सम्मेलन

Logo
Karnali Serophero सोमबार, कार्तिक १२, २०८१

हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल कात्तिक १२ गते विहान हुम्ला पुग्नु भएको छ । प्रदेशको निती कार्यक्रम अनुसार हुम्लाको वस्तु स्थिती बुझ्न हुम्ला पुगेको मुख्यमन्त्री कडेलले बताउनुभयो । हुम्लामा दृश्यवालोकनका लागि होइन् यहाँको वास्तविकता, यहाँका जनजिविका सवाल, विकास निर्माण, कृषि सम्भावना लगायत यावत विषयवस्तु बुझ्नका लागि हुम्ला पुगेको बताइएकाे छ ।

साेमबमर प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति हुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै मुख्यमन्त्री कडेलले भन्नुभयो, प्रदेशले पास गरेका जिल्ला तहमा कार्यान्वय गर्नुपर्ने सम्बन्धित स्थानीय तहका योजनाको संस्थागत जानकारी कार्यान्वयको समन्वय, सहजकर्ताका लागि प्रदेश मातहतका कार्यालयले खेलेको भूमिका विषयमा सबै जानकारी भएको बताउनुभयो । विकास र निर्माणका विषयमा आफु हुम्ला पुगेको मुख्यमन्त्री कडेलले बताउनुभयो । समय मिलेपछि प्रदेश सरकार र संघ सरकारका विभिन्न योजना, विकास कामको अनुगमन गरेर जाने बताउनुभयो ।

बजेट ल्याउँदा र बजेट कार्यान्वयको अवस्था बुझ्नका लागि पनि हिमाली जिल्ला हुम्ला पुगेको उहाँको भनाई छ । हुम्ला कर्णाली प्रदेशको दशवटै जिल्ला मध्येको एक मात्रै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले आर्थिक सम्वृद्धिको सम्भावना बोकेको जिल्ला रहेको मुख्यमन्त्री कडेलको भनाई छ ।

त्यस्तै मुख्यमन्त्री कडेलले प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतसँग सिधै हवाई उडानका लागि पहल भइरहेको बताउनुभयो । त्यसैगरी जिल्लामा हुने नियमीत हवाई उडानको समस्याका विषयमा पनि आफु जानकार रहेकाले यसका लागि पनि पहल गर्ने आश्वासन दिनुभएको छ । सुर्खेत हुम्ला नेपाल एयरलाइन्सको नियमीत उडानका लागि संघिय सरकारसँग पनि पहल हुने उहाँको भनाई छ । अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडकसञ्जालसँग जोड्नका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभयो । हुम्लाको विकास र यहाँका जनताको समृद्धिका लागि प्रदेश सरकार तत्पर लागि पर्ने छ । हुम्लाका विभित समस्या, चुनौती, अवसर सबैको स्थिती बुझेर कार्यान्वयमा ल्याइने उहाँको भनाई छ ।

मुख्यमन्त्री कडेलले भन्नुभयो, विगतका सरकारका कमीकम्जोरीको पनि भागिदार आफु हुने त्यसबाट पछि नपन्छिने र समस्या समाधान तिर लाग्ने बताउनुभयो । उहाका अनुसार बेला बेलामा सरकार परिर्वतन भएर प्रदेश सरकार स्थिर नहुँदा समस्या भएकाे छ ।

मुख्यमन्त्री कडेलसँगै हुम्ला पुग्नु भएका भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले सदरमुकाम सिमकोट जोड्नका लागि ठूलो समस्याको रुपमा रहेको खार्पुदभोन कर्णाली नदीको पुल निर्माणका लागि आफुले सक्दो पहल गर्ने आश्वासन दिनुभयाे । सडक विनर्माणका क्रममा देखिएका विभिन्न समस्या र ढिलाईलाई चाडो निर्माणसम्पन्न गर्नका लागि निर्देशन दिनुभएको थियो । आफ्नो मन्त्रालयले जति सक्दो यहाँका विकासलाई चाडो निर्माण सम्पन्न गरिने बताउनुभयो । भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयले चार,पाँच लाखका टुक्रे योजनामा रोक लगाएको बताउनुभयो ।

यस्तै गृह जिल्ला हुम्ला सोमबर पुग्नुभएका कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा बोहराले सिमकोटमा देखिएको खानेपानी समस्यालाई आफ्नो मन्त्रालयले तत्काल समाधान गर्ने आश्वासन दिनुभएको थियो । आफु यहाँका स्थानीय भएर हुम्लाको खानेपानी, सिचाई लगायतका समस्यामा जानकार भएको हुँदा यि यावत समस्याको समाधानमा लाग्ने मन्त्री बुढाले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा द्वय प्रदेश सभा सदस्य कल बहादुर हमाल, रणसिंह परियार, नेकपा एमालेका द्वय केन्द्रीय सदस्य दल रावल, दल फडेरा, जिल्ला इन्चार्ज छक्क बहादुर लामा, जिल्ला अध्यक्ष ज्ञमी बुमी, जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, सिमकाेट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, सिमकाेट गाउँपालिका उपाध्यक्ष शुसिला राेकाया लगयायतका जनप्रतिनिधि र पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]