पत्रकार महासंघ हुम्ला शाखाकाे कार्यालयमा लागेको ताला खोलियो

Logo
Karnali Serophero बुधबार, कार्तिक ०७, २०८१

हुम्ला । झण्डै डेढ महिनापछि नेपाल पत्रकार महासंघ हुम्ला शाखामा लगाएकाे ताला खाेलिएकाे छ । आफ्नाे संगठनका सदस्यहरूकाे नामावली नआएकाे भन्दै गत भदौ ३१ गते प्रेस चाैतारी हुम्ला शाखाले उक्त महासंघको कार्यालय ताला बन्दी गरेकाे थियाे ।

प्रेस चाैतारी नेपाल हुम्ला शाखामा आवद्ध सदस्यहरूकाे नाम पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले हटाएकाे भन्दै उक्त कार्यालयमा लगाएकाे तालाका विषयमा कार्तिक ७ गते प्रेस चाैतारी नेपाल हुमलाका अध्यक्ष नन्द सिंह र नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत लगायतका व्यक्तिहरू बसेकाे छलफलले एक सहमतिको निर्णय गर्दै साे ताला खाेलिएकाे प्रेस चाैतारी हुम्लाका काेषाध्यक्ष बेलुमाया महताराले जानकारी दिइन ।

असोज १९ गते भक्तपुरको बोडेमा आयोजना गरिएको नेपाल पत्रकार महासंघका जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेलाले यसअघि जिल्ला शाखाले सिफारिस गरेका सदस्यहरुको नामावली यथावत राख्ने निर्णय गरेपछि शाखाको कार्यालयमा लगाएईएको ताला खोलिएको प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहले बताए ।

प्रेस चौतारीले राख्दै आएका मागहरु राष्ट्रिय भेलाले पुरा गर्ने परिपत्र जिल्ला शाखालाई पठाएपछि सहमतिका आधारमा कार्यालयमा लागेको ताल खोलिएको पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले बताए ।

बुधबार ताला खोल्नका लागि चौतारीका अध्यक्ष नन्द सिंह, कोषाध्यक्ष बेलुमाया महतारा, महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत, कोषाध्यक्ष सुरेश परियार र सदस्य लोग भण्डारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला